कार्तिक ७, २०८२ शुक्रबार | ०१:१४:५३
काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित

दिवाकर र अजलकाजीको नाममा नयाँ राष्ट्रिय कीर्तिमान

फाइल तस्विर

सातदोबाटो । विश्व एक्वेटिक्स दिवसका अवसरमा भएको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको पहिलो दिन शनिबार दिवाकर अवाले र अजलकाजी ताम्राकारले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा दिवाकरले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै शुभम शर्माको कीर्तिमान भंग गरे।

नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा शुभमले २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

यसैगरी अजलले पुरुष ५० मिटर बटरफ्लाइमा २५.५२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका छन्। अजलले २६औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरे।

जम्मा ६५ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ३१ स्पर्धा सम्पन्न भएको प्रतियोगिता संयोजक आयोजक संघका महासचिव ईश्वर कार्कीले जनाएका छन्।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताका बाँकी स्पर्धा आइतबार हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए। प्रतियोगितामा ३५१ खेलाडीको सहभागिता छ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain