काठमाडौं । ‘वर्ल्ड एक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले आयोजनामा हुन लागेकाे प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा ३५१ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिताको उद्घाटन सदस्यसचिव टंकलाल घिसिङ तथा समापन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गर्ने संघका सचिव गंगालाल गोलेले बताए ।
असार २२ र २३ गते हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विद्या समावेश गरिएकाे छ ।
संघका अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीको उत्साहजनक सहभागीताले नेपालमा पौडीमा विकास र विस्तारमा थप जिम्मेवार बनाएको बताए ।
गत वैशाख ८ गते सम्पन्न अधिवेशनपछि निर्वाचित नयाँ कार्यसमितिले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain