भाद्र ३, २०८२ बुधबार | १५:४९:३९
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप

काठमाडौं ।  एचएचसिए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।  शनिबार सम्पन्न प्रतियोगितामा एचएचसिए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गर्ल्सतर्फ पहिलो भए ।

म्ण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१-१४ ले पराजित गर्यो । एचएचसीएका सुशान्त बमजनले  सर्वाधिक १० स्कोर गरे ।  विजेता टोलीको प्रशिक्षकमा सागर श्रेष्ठ थिए ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले आफ्नै  ‘बी’ टिमलाई १८-१५ ले हरायो । विजयी टिमका लागि एलिना गौचनले  सर्वाधिक सात अंक जोडिन् । पूर्ण न्यौपानेले भ्याली पब्लिक ‘ए’ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

दुवैतर्फका विजेताले १० हजार र उपविजेताले सात हजार रुपैयाँ प्राप्त गरे । ब्वाइजमा एचएचसीएका सुशान्त बमजन तथा गर्ल्समा भ्याली पब्लिक ‘ए’ की एलिना गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बूढानीकलण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा-८ का अध्यक्ष सुमन तामाङ, बूढानीकलण्ठ नगरपालिका वडा-९ की अध्यक्ष सुमित्रा त्रिपाठी, नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो, निब्स विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेनु महतो, काठमाडौं प्याब्सनका सहसचिव नारायण रोक्कालगायतले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम सहभागी थिए ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary