काठमाडौं। दीपेन्द्रसिंह ऐरीले टप इन्ड ट्वान्टी-२० शृंखलामा मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी जिम्मेवारी सम्हाल्ने भएका छन् ।
नेपालले आज टोलीमा पाँच परिवर्तन गरेको छ । होबार्ट हुरिक्यान्सविरुद्ध खेलेका नियमित कप्तान रोहितकुमार पौडेल, करण केसी, आसिफ शेख, सन्दीप लामिछाने र रिजन ढकाल आज बेन्चमा छन् ।
यसैगरी दीपेन्द्रसिंह ऐरी कप्तानको जिम्मेवारीसहित टोलीमा फर्किएका छन् । सोमपाल कामी, गुल्शनकुमार, शाहब आलम र रुपेशकुमार सिंह टोलीमा छन् ।
काजालिस एरिना पामर्स्टनमा नेपाल टस जितेर ब्याटिङ गरिरहेको छ । नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ ।
पछिल्लो खेलमा होबर्ट हुरिक्यान्सविरुद्ध ६६ रनको जित निकालेको नेपाल त्यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
नेपाली टिम
दीपेन्द्रसिंह ऐरी, लोकेश बम, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, गुल्शनकुमार झा, शाहब आलम, रुपेशकुमार सिंह, नन्दन यादव