काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि ललितपुर क्विन्सले थाइल्यान्डकी वारन्या श्रिलाओङ्गलाई निरन्तरता दिएको छ ।
बुधबार ललितपुरले पोखरामा हुने प्रतियोगिताका लागि वारन्यालाई अनुबन्ध गरेको जानकारी गरायो ।
गत वर्ष पहिलो पटक आयोजना भएको प्रतियोगितामा ललितपुर उपविजेता हुँदा वारन्या टोलीको महत्वपूर्ण सदस्य थिइन् । उनी अर्को साता नेपाल आउने छिन् ।
ललितपुरले यसअघि नै थाइल्यान्डकै सेटर पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।
उत्सव खड्का प्रशिक्षक रहेको ललितपुरमा सलिना श्रेष्ठ मार्की छिन् । टोलीले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई अनुबन्ध गरेको थियो ।
प्रतियोगिता भदौ २० देखि २८ सम्म हुँदैछ ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
