भाद्र ३, २०८२ बुधबार | १५:५०:३३
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

एथलेटिक्समा बागमती च्याम्पियन

एथलेटिक्सका कीर्तिमानधारी ।

काठमाडौं । राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्समा बागमती च्याम्पियन बनेको छ । बागमतीले १२ स्वर्ण, चार रजत र तीन कांस्य पदक जित्यो ।  बागमतीका लागि अनिशा थारु र प्रवीण रानामगरले समान चार स्वर्ण पदक  हात पारे ।

प्रवीणले छात्र १००, २०० मिटर दौड, ४ गुणा १०० र ४ गुणा ४००मिटर रिलेमा स्वर्ण पदक जिते । अनिशाले छात्रा लङजम्प, ट्रिपलजम्प, ४ गुणा १०० र ४ गुणा ४००मिटर रिलेमा स्वर्ण चुमिन् । अनिशाले ४०० मिटर दौडमा रजत पदक पनि प्राप्त गरिन् ।

सुदूरपश्चिम समान सात स्वर्ण, रजत र कांस्य पदककासाथ दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले तीन स्वर्ण, पाँच रजत र ६ कांस्य पदक हात पार्यो ।

कर्णालीले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य तथा लुम्बिनीले एक स्वर्ण, पाँच रजत र  पाँच कांस्य पदक जिते।  कोशीले तीन  रजत पदक जित्दा मधेश पदकविहीन रह्यो ।

उसुमा पनि बागमतीको वर्चश्व

उसुमा पनि बागमती आठ स्वर्ण, दुई रजत र एक कांस्य  पदकका साथ च्याम्पियन बन्यो ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको स्पर्धामा सुदूरपश्चिम तीन स्वर्ण,  सात रजत र दुई कांस्य हात पार्दै दोस्रो स्थानमा रह्यो । तेश्रो भएको लुम्बिनीले एक स्वर्ण र दुई कांस्य  पदक प्राप्त गर्यो । १२ स्पर्धा समावेश उसुमा बाँकी चार प्रदेश स्वर्णविहीन बने ।

अन्तिम दिन शुक्रबार आठ स्वर्णको टुंगो लाग्यो । थाइची छ्वानको छात्रमा ६.४८ अंकसाथ एनेक्स महर्जन तथा छात्रामा ६.७९ अंकसाथ सेरिना पराजुलीले स्वर्ण चुमे । दुवै बागमतीका हुन् ।

सान्सौंको छात्र ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरीले स्वर्ण पदक प्राप्त गरे ।

यसैगरी छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना विक र ४८ केजीमा बागमतीकी अनु मोक्तानले स्वर्ण पदक चुमे ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary