असार १७, २०८२ मंगलबार | १७:३४:३९
जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान

ट्रिपलजम्पमा अनिशा थारुको नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

एथलेटिक्समा समान चार स्वर्ण पदक जितेका अनिशा थारु (बायाँ) र प्रवीण रानामगर ।

काठमाडौं । बागमती प्रदेशकी अनिशा थारुले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरी दोश्रो तथा कर्णालीकी सरिता शाही तेश्रो भए ।

शुक्रबार छात्रा ट्रिपलजम्प तथा छात्र/छात्राको ४ गुणा १०० मिटर रिलेमा गरी ३ कीर्तिमान बने । छात्र ४ गुणा १०० मिटर रिलेमा बागमतीका प्रवीण रानामगर, सन्त दराई, सुविन लामा र निरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जिते । बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीले कायम गरेको ४४.०० सेकेन्डको कीर्तिमान तोडे । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्डको नयाँ कीर्तिमान स्थापित गरे । यसअघि लुम्बिनीका निशा चौधरी, रेसु थारु, रामकुमारी थारु र सम्झना थारुको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो । यो कीर्तिमान२०७९ सालमा कायम भएको थियो । । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।

तीन दिने एथलेटिक्समा९ कीर्तिमान बने । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र छात्र छात्राको ४ गुणा ४०० मिटर रिलेमा, छात्र १०० मिटर तथा छात्रा ४०० मिटर दौडमा कीर्तिमान बनाएका थिए ।

छात्र त्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढा पहिलो भए । उनले १३।७३ मिटर जम्प गरे । सुदूरपश्चिमकै विक्रम नाथ दोश्रो र बागमतीका अविनाश सुनार तेश्रो भए ।

छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो भए । उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे । कोशीका अमिर लिम्बुदोश्रो तथा लुम्बिनीका अर्विन्दकुमार यादव तेश्रो भए ।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक चुमिन् । बागमतीकी अस्मिता भुजेलले रजत तथा कर्णालीकी स्वस्तिका कठायतले कांस्य पदक जिते ।

छात्र २०० मिटर दौडमा बागमतीका प्रवीण राना मगर पहिलो भए । उनले २२.४ सेकेन्ड समय खर्चिए । लुम्बिनीका सुभम् वमरेल दोश्रो तथा गण्डकीका सुदीप भण्डारी तेश्रो स्थानमा रहे ।

उक्त स्पर्धाको छात्रामा बागमतीकी दिना गोपाली २७.१ सेकेन्डका साथ स्वर्ण पदक जितिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा गण्डकीकी अनुष्का अधिकारीले कांस्य पदक हात पारे । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3