भाद्र ३, २०८२ बुधबार | १५:५१:२०
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

काठमाडौं ।  केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र छात्र/छात्राको ४ गुणा ४०० मिटर रिलेमा कीर्तिमान बने । पहिलो दिन बागमतीका प्रवीण राना मगरले छात्र १०० मिटर तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४०० मिटर दौडमा कीर्तिमान बनाएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै ५७.४० मिटरको नयाँ कीर्तिमा बनाए ।

उनले २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान तोडे। कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो  भए ।

छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डको समय निकाल्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले  नयाँ कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान भंग गरिन्। बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेश्रो भए ।

छात्र ४ गुणा ४०० मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले ३ मिनेट ३०‍.९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय किर्तिमानका साथ स्वर्ण पदक हात पारे ।

यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१.० सेकेन्ड (२०८० साल) को कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेश्रो स्थानमा रहे ।

सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले ४ मिनेट १२.८ सेकेन्डको नयाँ कीर्तिमान स्थापित गरे । यसअघि २०८१ सालमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको टोलीले ४ मिनेट १७.२ सेकेन्डको कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोश्रो तथा गण्डकी तेश्रो स्थानमा रहे ।

छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य  पदक जिते ।

छात्र ८०० मिटर दौडमा  २ मिनेट ०२.७ सेकेन्डको साय निकाल्दै सुदूरपश्चिमका विक्रम विष्टले स्वर्ण पदक चुमे । धीरेन्द्र विकले रजत तथा लुम्बिनीका आयुश थारुले कांस्य पदक हात पारे ।

छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६९ मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोश्रो तथा बागमतीका दीपेन्द्र गिरी तेश्रो भए ।

सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले ५.१८ मिटर जम्प गर्दै स्वर्ण पदक प्राप्त गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य पदक जिते ।

एथलेटिक्समा हालसम्म १८ स्वर्ण पदकको टुंगो लागेको छ । तेश्रो तथा अन्तिम दिन शुक्रबार बाँकी आठ स्वर्ण पदकको छिनोफानो हुनेछ । 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary