असार १७, २०८२ मंगलबार | १५:२५:५०
कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने

एथलेटिक्समा लुम्बिनी च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेश यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ । लुम्बिनीले चार स्वर्ण पदक हात पार्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजत साथ दोश्रो भयो । 

यसैगरी गण्डकी र मधेश प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्य पदकका साथ संयुक्तरुपमा तेश्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक स्वर्ण पदक जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोश्रो तथा अन्तिम दिन सोमबार छात्र/छात्रामा समान तीन गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र २०० मिटर दाैडमा गण्डकीका हेमराज चौधरीले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे । मधेशका आयुश चौधरीले रजत तथा कोशीका नितेश भट्टराई कांस्य पदक हात पारे ।

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु ३१.४ सेकेन्डका साथ पहिलो भइन् । कोशीकी अस्मिता लाम्गाडे दोश्रो तथा मधेशकी वर्षा योञ्जन तेश्रो  स्थानमा रहे ।

छात्र ८००मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले २ मिनेट ०७‍‍.४ सेकेन्ड समय निकाले । कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य पदक हात पारे ।

याे स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्डका साथ शीर्ष स्थानमा रहिन् । कोशीकी जुही राई दोश्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेश्रो भए ।

छात्र ४ गुणा १०० मिटर रिले दाैडमा मधेश पहिलो, कोशी दोश्रो र गण्डकी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3