माघ १८, २०८२ आइतबार | १०:३७:३२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

टिआइए, दीक्षालय, चेल्सी र नेक्सस च्याम्पियन

काठमाडौं । टिआइए, दीक्षालय, चेल्सी वर्ल्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेश्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन् ।

बास्केटबलको सिनियर ब्वाइजमा टिआइए, सिनियर गर्ल्समा दीक्षालय र जुनियर गर्ल्समा चेल्सीले उपाधि जिते । नेक्सस जुनियर ब्वाइज फुटबलमा पहिलो भयो ।

लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलद्वारा आयोजित बास्केटबलको सिनियर ब्वाइज फाइनलमा टिआइएले बौद्ध इन्टरनेसनल स्कुललाई ५०-२६ ले पराजित गर्यो । टिआईएका रोशन नगरकोटीले २६ अंक जोडे । निस्टले तेश्रो स्थान हासिल गर्यो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले निस्टलाई २३-२० को साँघुरो अन्तरले हरायो । दीक्षालयकी लाक्पा डोमा शेर्पाले ११ स्कोर गरिन् । चेल्सी तेश्रो बन्यो ।

जुनियर गर्ल्सको फाइनलमा चेल्सीले आर्या एकेडेमीमाथि २५-७ को सहज जित दर्ता गर्यो । चेल्सीकी लाजेन शेर्पाले १२ अंक जोडिन् । निस्ट तेश्रो स्थानमा रह्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रोशन, लाक्पा र लाजेन आआफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइज फुटबलकाे फाइनलमा नेक्ससले गोल्डेन सुनगाभालाई २-० ले हरायो । विजयी टिमका लागि दुवै गोल विराज डुगुले गरे । विराजनै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । निस्टका सक्षम न्यौपाने सर्वाधिक गोलकर्ता बने ।

गोल्डेन सुनगाभाका निर्मल भुजेल उत्कृष्ट रक्षक, आर्याका प्रिन्स महर्जन उत्कृष्ट गोलकिपर र नेक्ससका सविन रन्जित उत्कृष्ट  प्रशिक्ष चुनिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।