चैत्र ४, २०८२ बुधबार | ११:२६:२३
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित

टिआइए, दीक्षालय, चेल्सी र नेक्सस च्याम्पियन

काठमाडौं । टिआइए, दीक्षालय, चेल्सी वर्ल्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेश्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन् ।

बास्केटबलको सिनियर ब्वाइजमा टिआइए, सिनियर गर्ल्समा दीक्षालय र जुनियर गर्ल्समा चेल्सीले उपाधि जिते । नेक्सस जुनियर ब्वाइज फुटबलमा पहिलो भयो ।

लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलद्वारा आयोजित बास्केटबलको सिनियर ब्वाइज फाइनलमा टिआइएले बौद्ध इन्टरनेसनल स्कुललाई ५०-२६ ले पराजित गर्यो । टिआईएका रोशन नगरकोटीले २६ अंक जोडे । निस्टले तेश्रो स्थान हासिल गर्यो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले निस्टलाई २३-२० को साँघुरो अन्तरले हरायो । दीक्षालयकी लाक्पा डोमा शेर्पाले ११ स्कोर गरिन् । चेल्सी तेश्रो बन्यो ।

जुनियर गर्ल्सको फाइनलमा चेल्सीले आर्या एकेडेमीमाथि २५-७ को सहज जित दर्ता गर्यो । चेल्सीकी लाजेन शेर्पाले १२ अंक जोडिन् । निस्ट तेश्रो स्थानमा रह्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रोशन, लाक्पा र लाजेन आआफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइज फुटबलकाे फाइनलमा नेक्ससले गोल्डेन सुनगाभालाई २-० ले हरायो । विजयी टिमका लागि दुवै गोल विराज डुगुले गरे । विराजनै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । निस्टका सक्षम न्यौपाने सर्वाधिक गोलकर्ता बने ।

गोल्डेन सुनगाभाका निर्मल भुजेल उत्कृष्ट रक्षक, आर्याका प्रिन्स महर्जन उत्कृष्ट गोलकिपर र नेक्ससका सविन रन्जित उत्कृष्ट  प्रशिक्ष चुनिए ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH