पुस २३, २०८२ बिहीबार | ००:२४:३९
तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई

ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन

प्रतियोगिताको गर्ल्सतर्फका शीर्ष तीन टोली ।

काठमाडौं । ज्ञान निकेतन ब्वाइज तथा भ्याली पब्लिक गर्ल्सतर्फ प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

रेडियन्ट रिडर्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा आइतबार ज्ञान निकेतनले पुष्पसदनलाई १७-९ ले पराजित गर्यो । ओएसिस तेश्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई १६-९ ले  निरास बनायो । सेन्ट मेरिजले तेस्रो स्थान हासिल गर्यो।

दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

ब्वाइजमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ तथा गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना र स्कुल डाइरेक्टर लक्ष्मी न्यौपाने, ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, नेबिको प्रा।लि। प्रबन्ध निर्देशक अरुण पौडेललगायतले पुरस्कृत गरे ।

तीन दिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १८ गरि ५० टिमको सहभागिता थियो । 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA