काठमाडौं । अन्तरविद्यालय स्केटिङ प्रतियोगितामा श्री शिव निर्सिङ शिक्षालय च्याम्पियन बनेको छ ।
स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा श्री शिवले ६ स्वर्ण र दुई कांस्य पदक जित्यो ।
६ वर्षमुनि उमेर समूहको छात्रातर्फ श्री शिव नर्सिङ शिक्षालयकी अमग्या श्रेष्ठ , ज्ञान संस्कार स्कुलकी स्वरा खनाल र श्री शिव नर्सिङ शिक्षालयकी आरभी प्रजापतीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
यही समूहको छात्रतर्फ श्री शिव नर्सिङ शिक्षालयका साम्राज्यजंग कुँवर, अलकापुरीका निर्मल श्रेष्ठ, श्री शिव नर्सिङ शिक्षालयका अद्वैत एम.खरेल शीर्ष तीनमा रहेका थिए ।
त्यसैगरी ६ देखि ८ वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कष्वी भट्टराई, आंसा थापा मगर र सरिन भुसाले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
यही समूहको छात्रतर्फ श्री शिव नर्सिङ शिक्षालयका निभान राणा, श्री शिव नर्सिङ शिक्षालयकै केन्जो राई र स्वस्तिश्रीका स्कुलका आरोहण श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा रहे ।
त्यसैगरी ८ देखि १० वर्ष समूहका छात्रातर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामाङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी जियाना अर्याल र जुनी बुढा तथा छात्रतर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका सम्राटविक्रम चन्द, निर्विज्ञरत्न बज्राचार्य, समन पाण्डे शीर्ष तीनमा रहे ।
१० देखि १२ उमेर समूहका छात्रातर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी सान्भी श्रेष्ठ, स्नेह पाण्डे र स्वस्तिश्रीकी नमिसा श्रेष्ठ तथा छात्रतर्फ विल्सन एकेडेमीका नवदीप लामा, ब्राइट फ्युचरका दिपर्सन थापा विल्सन एकेडेमीकै अभिषेक लामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
१२ देखि १४ उमेर समूहमा छात्रातर्फ स्वस्तिश्री गुरुकुलकी स्कुलकी इशानी श्रेष्ठ, अलकापुरी बिद्यालयकी सुबानी महर्जन र स्वस्तिश्रीकी अनुप्रिया तण्डुकार शीर्ष तीनमा रहेका थिए ।
यही समूहको छात्रतर्फ ओलिभ स्केटिङ क्लबका आर्थ बोहोरा, केएमसी विद्यालयका सिधान्त कन्दोई, हिमालय वाईट हाउसका श्रीवस्त श्रेष्ठ ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
१४ देखि १६ समूहमा छात्रातर्फ स्वस्तिश्री गुरुकुलका सुनिचा भु र रिभा महर्जन पहिलो र दोस्रो स्थानमा रहे ।
१० वर्षमुनिको स्केट म्याराथन छात्रातर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामांङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कश्भी भट्टराई तथा छत्रतर्फ स्वस्तिश्रीका शिशिर गौतम, ज्ञान संस्कार इन्टरनेसनल स्कुलका आरोहण श्रेष्ठ र रहिश खड्गीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
म्याराथन १४ वर्षमुनि छात्रातर्फ अलकापुरी बिद्यालयकी सुभानी महर्जन, स्वस्तिश्री गुरुकुल आई।बी।वल्र्ड स्कुलकी नमिसा श्रेष्ठ र इशानी श्रेष्ठ तथा छात्रतर्फ ओलिभ स्केटिङ क्लबका आर्थ बोहोरा, हिमालय ह्वाइट हाउसका श्रीवस्त श्रेष्ठ, विल्सन एकेडेमीका हयाप्पी श्रेष्ठ शीर्ष तीनमा रहे ।