मंसिर ८, २०८१ शनिबार | १३:५२:१५
ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन राखेपका सदस्यसचिवमाथि खेलकुद मन्त्रीको आक्रोश ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन राखेपका सदस्यसचिवमाथि खेलकुद मन्त्रीको आक्रोश

दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ

फाइल तस्विर

काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले दशौं बृहत राष्ट्रिय खेलकुदको आयोजनाबारे चासो व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले राष्ट्रिय खेलकुद समयमै सम्पन्न नहुँदा खेलाडी मारमा परिरहेको प्रतिक्रिया दिएका हुन् ।

‘राष्ट्रिय खेलकुदका लागि सरकारले करोडौं बजेट विनियोजन गरेको थियो । कर्णाली प्रदेशले ठूलो लगानीमा भौतिक संरचना निर्माण गरेको थियो । तर, यस्तो ठोस तयारीका बावजुद युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले विभिन्न बाहानामा प्रतियोगिता समयमा सम्पन्न गर्न असफल भएको छ । यो खेलाडीहरुप्रति गम्भीर अन्याय हो,’ श्रेष्ठले भने ।

दशौं बृहत राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तालिका थियो । तर, आर्थिक अभाव र पूर्वाधार तयार नभएको बाहानामा प्रतियोगिता तोकिएको मितिमा सुरु हुन नसक्दा खेलाडी मारमा परेका छन् । राखेपले नयाँ मितिको पनि टुंगो लगाएको छैन ।

पूर्व मन्त्री श्रेष्ठले मन्त्रालय र परिषदको लापारवाहीले खेलाडीको मनोबलमा प्रत्यक्ष असर परेको बताए ।

‘यी दुई नियामक निकायको लाचारी पनले खेलाडीको मनोबलमा प्रत्यक्ष असर परेको छ । कर्णाली प्रदेशले पनि यसबाट ठूलो नोक्सान बेहोर्नु परेको छ,’ श्रेष्ठ प्रश्न गर्छन्, ‘यो अवस्थालाई नीतिगत भ्रष्टाचारको एउटा रूप मान्ने कि नमानेर थाती राख्ने ? राष्ट्रिय एकतालाई मजबुत बनाउने यस्तो कार्यक्रमलाई नियामक निकायले किन वास्ता गर्दैन ? यो प्रश्नको उत्तर सरकारले दिनु पर्छ ।’

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20
Nepal premier league NPL मा म्यान विनिङ प्रदर्शन गर्छु : DEV KHANAL II Player karnali Yaks
गब्बरलाई स्वागत गर्न आतुर छौं : Sompal kami II Marquee Player Karnali Yaks
KHELADI TALKS WITH AJAY PHUYAL II NABIN NEUPANE II Interim Coach, National Football Team