चैत्र ६, २०८२ शुक्रबार | ००:५४:१७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

आयोजक काष्ठमण्डपलाई दोहोरो उपाधि

फुटसलमा च्याम्पियन काष्ठमण्डपको टोली ।

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयले दोश्रो काष्ठमण्डप कपको फुटसलमा सिनियर र जुनियर ब्वाइजतर्फ विजेता बनेको छ ।

सिनियर ब्वाइजको फाइनलमा मंगलबार काष्ठमण्डपले काठमाडौं प्रज्ञाकुञ्ज स्कुललाई ४-०ले पराजित गर्या। काष्ठमण्डपका मानव सुब्बाले दुई तथा अविग्नसिंह ठकुरी र कृयश सापकोटाले समान एक गोल गरे ।

मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलकिपर चुनिए ।

जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६-२ ले हरायो । काष्ठमण्डपका लागि सहज ढकालले चार तथा गिरिश घिमिरेले दुई गोल गरे ।

सहज नै प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलकिपर ठहरिए ।

फुटसलकै सिनियर गर्ल्सको उपाधि काठमाडौं वर्ल्ड  स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौंले जोन डेवीलाई सडन डेथमा हरयो ।  

निर्धारित समयको खेल १-१ बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी तथा काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर चुनिए ।

बास्केटबलको ब्वाइजतर्फ  टिआइए र  गर्ल्सतर्फ एनसिसीएसले उपाधि जिते ।

टिआइएले विल्सन एकेडेमीमाथि ४५-४४ को कठिन जित दर्ता गर्यो । एनसिसीएसले काष्ठमण्डपलाई २७-२१ ले हरायो ।

ब्वाइजमा टिआइएका रोशन नगरकोटी तथा गर्ल्समा  एनसिसीएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ तथा सिनियर गर्ल्समा ८ टिमले सहभागिता जनाएका थिए ।

फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२ तथा सिनियर गर्ल्समा ८ टिम सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो