माघ १५, २०८२ बिहीबार | ०३:४४:०२
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

आयोजक काष्ठमण्डपलाई दोहोरो उपाधि

फुटसलमा च्याम्पियन काष्ठमण्डपको टोली ।

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयले दोश्रो काष्ठमण्डप कपको फुटसलमा सिनियर र जुनियर ब्वाइजतर्फ विजेता बनेको छ ।

सिनियर ब्वाइजको फाइनलमा मंगलबार काष्ठमण्डपले काठमाडौं प्रज्ञाकुञ्ज स्कुललाई ४-०ले पराजित गर्या। काष्ठमण्डपका मानव सुब्बाले दुई तथा अविग्नसिंह ठकुरी र कृयश सापकोटाले समान एक गोल गरे ।

मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलकिपर चुनिए ।

जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६-२ ले हरायो । काष्ठमण्डपका लागि सहज ढकालले चार तथा गिरिश घिमिरेले दुई गोल गरे ।

सहज नै प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलकिपर ठहरिए ।

फुटसलकै सिनियर गर्ल्सको उपाधि काठमाडौं वर्ल्ड  स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौंले जोन डेवीलाई सडन डेथमा हरयो ।  

निर्धारित समयको खेल १-१ बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी तथा काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर चुनिए ।

बास्केटबलको ब्वाइजतर्फ  टिआइए र  गर्ल्सतर्फ एनसिसीएसले उपाधि जिते ।

टिआइएले विल्सन एकेडेमीमाथि ४५-४४ को कठिन जित दर्ता गर्यो । एनसिसीएसले काष्ठमण्डपलाई २७-२१ ले हरायो ।

ब्वाइजमा टिआइएका रोशन नगरकोटी तथा गर्ल्समा  एनसिसीएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ तथा सिनियर गर्ल्समा ८ टिमले सहभागिता जनाएका थिए ।

फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२ तथा सिनियर गर्ल्समा ८ टिम सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।