काठमाडों । आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुल र एलआरआइले रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्मा आइतबार विजयी सुरुआत गरेका छन् । ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले केभिसीलाई १७-१३ ले पराजित गर्यो । रेडियन्टको जितमा रिजा मोक्तानले ६ अंक योगदान गरिन् । माल्सा न्यौपानेको आठ अंक सहयोगमा एलआरआइले सेन्ट्रल स्टेटलाई १८-९ ले हरायो ।
सिनियर ब्वाइजमा पिपुल्स एकेडेमीले दि एक्सेल पब्लिकलाई २०-१५, क्षेत्रग्नले सभ्यता पाठशालालाई ३७-१३, राइजिङ स्टारले विस्डमलाई २७-११, एलआरआइले केभीसीलाई २९-१९ र बेबी एन्जलले युगान्तालाई १७-१४ ले हराए ।
पिपुल्सका कृजन राईले सात, क्षेत्रग्नका सुशिल शाहीले २६, राइजिङ स्टारका प्रयास ढकालले १२, एलआरआइका रुइची श्रेष्ठले १९ र बेबी एन्जलका आर्यन नगरकोटीले १२ स्कोर गरे ।
जुनियर ब्वाइजमा पिपुल्स विजयी भयो । पिपुल्सले केभसीलाई १६-७ ले पन्छायो । पिपुल्सका आयुश सिंहले सात अंक जोडे ।
प्रतियोगिताको रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।
मंसिर ११ गतेसम्म हुने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गर्ल्समा समान १२ गरी ४८ टिम सहभागी छन् ।