काठमाडौं। गोल्डेनपिकले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो उपाधि जितेको छ । गोल्डेनपिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एचएचसिएलाई ५३-४३ ले पराजित गर्यो । जुनियर ब्वाइजमा गोल्डेनपिकले भ्याली पब्लिकलाई २७-२३ ले हरायो ।
यसैगरी सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३७-२८ ले पराजित गर्यो ।
सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी एलिना गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा एचएचसिएका डेविड राई, सिनियर गर्ल्समा ग्रिनल्यान्डकी न्यादिका गुरुङ र जुनियर ब्वाइजमा सत्य साइका बालकृष्ण पटेल वेस्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी, सिनियर गर्लसमा फेरिल्यान्डकी अपेक्षा ढुंगानार जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक सर्वाधिक स्कोरकर्ता बने। उनीहरुले क्रमशः ८७, ६३ र ४२ अंक जोडे ।
सिनियर ब्वाइजमा स्कोलर्स होम एकेडेमी, सिनियर गर्ल्मा तेजस्वी र जुनियर ब्वाइजमा ज्ञान संस्कार उदीयमान टिम चुनिए ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, गोल्डेनपिकका प्रिन्सिपल छत्रमणि राई, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा ६४ टिम सहभागी थिए ।