माघ १५, २०८२ बिहीबार | १७:१९:३०
एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई

जोकोभिचका लागि मात्र विशेष व्यवस्था गरिएको छैनः अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसन

सिड्नी । अस्ट्रेलियाले कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाए पनि विश्व नम्बर एक नोभाक जोकोभिचलाई अस्ट्रेलियन ओपन खेल्न अनुमती दिएको भन्दै खबरको खण्डन गरेको छ ।

अस्ट्रेलियन ओपनमा सहभागी हुन खेलाडी तथा स्टाफहरुले कोभिड १९ विरुद्धको खोप लगाउनै पर्ने वा स्वतन्त्र स्वास्थ्य विज्ञहरुबाट अनुमति पाएको हुनुपर्ने छ ।

प्रतियोगिताको साविक विजेता समेत रहेका जोकोभिचले खोप लगाउनु पर्ने नियमबारे आफ्नो धारणा सार्वजनिक भने गरेका छैनन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कुनै पनि खेलाडीले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण पेश गर्न नसकेमा तत्काल फिर्ता पठाइने बताए ।

अस्ट्र्रेलियन ओपनका आयोजकले पनि जोकोभिचका लागि प्रतियोगितामा सहभागी हुन कुनै विशेष व्यवस्था नगरिएको दाबी गरेको छ ।

अस्ट्रेलियन ओपन जनवरी १७ बाट मेलबर्नमा सुरु हुँदैछ ।

'प्रमाण नपुगेमा कुनै एक व्यत्तिलाई विशेष व्यवस्था गरिदैनु', मोरिसनले भने, ‘जोकोभिचका लागि पनि सर्वसाधरणजस्तै नियम अनिवार्य गरिएको छ ।’

टेनिस अस्ट्रेलियाले मंगलबार जोकोभिचले ओपन खेल्ने पुष्टि गरेको थियो ।

‘नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्नेछन् र उनी प्रतियोगिताका लागि अस्ट्रेलिया आउदै छन्,’ टेनिस अस्ट्रेलियाले जनाएको थियो ।

टेनिस अस्ट्रेलियाले दुई स्वतन्त्र स्वास्थ्य विज्ञको अनुमतिपछि जोकोभिचलाई ओपनमा सहभागी गराउने निर्णय गरिएको जनाएको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।