चैत्र १७, २०८२ मंगलबार | २२:५१:१५
गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने

शिभाली र समृद्धी गणेशमान टेनिसको फाइनलमा

काठमाडौं । शिभाली गुरु र समृद्धी महर्जन वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको छात्रा १२ वर्ष मुनिको उमेर समूहमा फाइनल पुगेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा बुधबार शिभालीले प्राज्ना मानन्धरलाई ६-२, ५-७, ६-४ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरिन । यसैगरी समृद्धीले भने स्वस्तिका बिष्टमाथि ६-१, ६-३ को सोझो सेटमा विजय हासिल गर्दै फाइनल यात्रा पक्का गरिन ।

छात्रको १० वर्ष मुनि उमेर समूहमा निश्चल ज्ञवालीमाथि ६-४, ६-० को सोझो सेटमा जित हासिल गर्दै शंखहरी राई अन्तिम चारमा प्रवेश गरेका छन् । छात्रकै १२ वर्ष मुनिको उमेर समूहमा अद्रित नेपाललाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै दर्सिल श्रेष्ठ सेमफाइनल पुगे ।

यसैगरी छात्रको १२ वर्ष मुनिका अन्य खेलमा जित हासिल गर्दै सास्वत बज्राचार्य, श्रीजन भट्टराई, निशाद जोशी र बृजेश अर्यालले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

१४ वर्षमुनिको छात्र स्पर्धामा सास्वतले विकास पाण्डेलाई ६-२, ६-४ को नतिजामा हराउँदै अन्तिम आठको यात्रा तय गर्दा सौरव अधिकारी र बोरिस अधिकारी पनि अन्तिम आठमा पुगेका छन् । सौरवले सक्षम पाण्डेलाई ६-१, ६-० को नतिजामा हराउँदा बोरिसले बृजेश अर्यालमाथि ६-२, ६-० को नतिजामा निराश पारेका थिए ।

सिनियरतर्फ इभा अधिकारीले रोमिका बुद्धाचार्यलाई ६-१, ६-२ को सोझो सेटमा हराउँदै महिला एकलको क्वार्टरफाइनल पुग्दा पुरुष युगलमा उगेन शेर्पा र भिश्मजंग गुरुङको जोडीले भाश्करमान सिंह र अशोक न्यौपानेको जोडीलाई ६-१, ६-१ को नतिजामा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेको छ ।

यसैगरी ६५ वर्षमाथिको पुरुष एकलतर्फ विदुर बिष्ट र ज्ञानेन्द्र ताम्राकारले फाइनलमा एक-अर्काविरुद्धको भिडन्त पक्का गरे । सेमिफाइनलमा बिष्टले भरत रायामाझीलाई ४-१, ४-० तथा ताम्राकारले सेन्तेन नोर्केललाई ४-०, ४-० को नतिजामा हराएका थिए ।

५५ वर्षमाथिको पुरुष एकलमा विमल गुरुङ, सागर केसी, इन्द्रबहादुर शाह र निरञ्जनकुमार श्रेष्ठ क्वार्टरफाइनल प्रवेश गरे । केसीले प्रेम थापा तथा शाहले उत्तमकुमार लामाबाट वाकओभर पाउँदा श्रेष्ठले विष्णुबहादुर थापा तथा गुरुङले प्रविण बैद्यलाई ६-०, ६-० को समान अन्तरमा पराजित गरेको आयोजक गणेश मान सिंह फाउन्डेसनले जनाएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो