काठमाडौं, (खेलाडी)- चीनकी ली चेनसँग १२-९ ले पराजित भएसँगै पलेसा गोवर्दनको पारा ओलम्पिकमा पदक जित्ने सम्भावना समाप्त भएको छ ।
पहिलो चरणमा पराजित भए पनि पलेसाले रिपिचेजका लागि अवसर पाएकी थिइन । रिपिचेजमा दुई जित हासिल गर्दै उनले पारा ओलम्पिकमा नेपाललाई इतिहासकै पहिलो पदक जिताउने सम्भावनाको ढोका खोलेकी थिइन ।
तर लीसँग १२-९ ले पराजित भएपछि उनको त्यो सम्भावना समाप्त भएको थियो । लिविरुद्धको खेलमा पहिलो राउन्डमा ४-२ को अग्रता लिएकी पलेसा दोस्रो राउन्डको खेल सकिँदा ७-४ ले पछि परिसकेकी थिइन ।
रिपिचेजको क्वार्टरफाइनलमा पलेसाले अमेरिकाकी सालिन्द्रोलाई १०-० र सेमिफाइनलमा सर्बियाकी मिचेभ मारिजालाई २३-१५ को अन्तरमा हराएकी थिइन ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS