काठमाडौं, (खेलाडी)- नेपाल तेक्वान्दो संघले टोकियो पारा ओलम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई बुधबार बिदाई गरेको छ ।
टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत यही भदौ १७ देखि १९ गतेसम्म हुने पारा तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागीता जनाउनेछन् ।
संघको सातदोवाटोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रकाशसम्शेर राणा, महासचिव दीपराज गुरुङलगायतले विदाई गरे ।
सोही अवसरमा ललितपुरको धापाखेलस्थित नागदह तेक्वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामना सहित प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
पलेशाले वाइल्ड कार्ड मार्फत ओलम्पिक सहभागिताको अवसर पाएकी हुन् । नेपाली पारा तेक्वान्दो टिम यही शुक्रबार टोकियो प्रस्थान गर्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
