माघ १७, २०८२ शनिबार | ०३:१३:५०
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

जुम्ल्याहा दाइभाइ राम लक्ष्मणलाई स्वर्ण

काठमाडौं । जुम्ल्याहा दाइभाइ राम र लक्ष्मण गोलेले बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित ‘प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता’ मा शुक्रबार स्वर्ण जितेका छन् ।

प्रतियोगिताको सिनियर युगल पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् । एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोश्रो भए हुँदा लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेषराज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेस्रो स्थानमा रहे ।

प्रतियोगिताको सिनियर पुरुष एकल पुम्सेमा पनि लक्ष्मणले नै स्वर्ण जिते । उनले लुम्बिनीका युवराज लामालाई पछि पारे । आयोजक ‘ए’ पुष्पप्रसाद गौतम र ‘बी’ का मुहम्मद उमर खान संयुक्त रुपमा तेश्रो बने । सोही स्पर्धाको महिलामा आर्मीकी रश्मी श्रेष्ठ पहिलो, एपीएफकी चन्दु शाही दोश्रो तथा लुम्बिनीकी सुनिता विष्ट र रंगिला रोका तेस्रो भइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर ग्रुप पुम्सेमा आर्मीका रोशनी श्रेष्ठ, अस्मिन राई र स्मृति थापा सम्मिलित टोली पहिलो भयो ।

जुनियर ग्रुप पुम्सेमा आयोजक ‘ए’ का मोनिका मगर, मोनिका रम्तेल र स्मृति नेपालीले शीर्ष स्थान कब्जा गरे । जुनियर पुरुष एकल पुम्सेमा आयोजक ‘बी’ श्रृजल श्रेष्ठले स्वर्ण पदक हात पारे । जुनियर महिला एकल पुम्सेमा आयोजक ‘बी’ की जैनव खातुनले स्वर्ण पदक जितिन् ।

जुनियर युगल पुम्सेमा आयोजक ‘ए’ का अब्बास अन्सारी र जैनव खातुन स्वर्ण पदक जिते ।

प्रतियोगिताको उद्घाटन बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले गरेका थिए । शनिबारसम्म चल्ने प्रतियोगितामा आयोजक, सातै प्रदेश र तीन विभागीय टोलीका ३ सय ३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।