चैत्र ९, २०८२ सोमबार | ११:३३:३८
सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी

जुम्ल्याहा दाइभाइ राम लक्ष्मणलाई स्वर्ण

काठमाडौं । जुम्ल्याहा दाइभाइ राम र लक्ष्मण गोलेले बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित ‘प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता’ मा शुक्रबार स्वर्ण जितेका छन् ।

प्रतियोगिताको सिनियर युगल पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् । एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोश्रो भए हुँदा लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेषराज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेस्रो स्थानमा रहे ।

प्रतियोगिताको सिनियर पुरुष एकल पुम्सेमा पनि लक्ष्मणले नै स्वर्ण जिते । उनले लुम्बिनीका युवराज लामालाई पछि पारे । आयोजक ‘ए’ पुष्पप्रसाद गौतम र ‘बी’ का मुहम्मद उमर खान संयुक्त रुपमा तेश्रो बने । सोही स्पर्धाको महिलामा आर्मीकी रश्मी श्रेष्ठ पहिलो, एपीएफकी चन्दु शाही दोश्रो तथा लुम्बिनीकी सुनिता विष्ट र रंगिला रोका तेस्रो भइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर ग्रुप पुम्सेमा आर्मीका रोशनी श्रेष्ठ, अस्मिन राई र स्मृति थापा सम्मिलित टोली पहिलो भयो ।

जुनियर ग्रुप पुम्सेमा आयोजक ‘ए’ का मोनिका मगर, मोनिका रम्तेल र स्मृति नेपालीले शीर्ष स्थान कब्जा गरे । जुनियर पुरुष एकल पुम्सेमा आयोजक ‘बी’ श्रृजल श्रेष्ठले स्वर्ण पदक हात पारे । जुनियर महिला एकल पुम्सेमा आयोजक ‘बी’ की जैनव खातुनले स्वर्ण पदक जितिन् ।

जुनियर युगल पुम्सेमा आयोजक ‘ए’ का अब्बास अन्सारी र जैनव खातुन स्वर्ण पदक जिते ।

प्रतियोगिताको उद्घाटन बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले गरेका थिए । शनिबारसम्म चल्ने प्रतियोगितामा आयोजक, सातै प्रदेश र तीन विभागीय टोलीका ३ सय ३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो