चैत्र ११, २०८२ बुधबार | ००:०२:३३
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

सदस्यसचिव बन्न मन्त्रालयमा बिष्टको आवेदन

काठमाडौं । दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ १०औं संस्करणदेखि साग) मा चार पटक स्वर्ण पदक जितेका कीर्तिमानी खेलाडी ओलम्पियन दीपक बिष्टले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सदस्य सचिव हुनका लागि आवेदन हालेका छन् ।

सरकार परिवर्तनसँगै रमेशकुमार सिलवाल सदस्यसचिवको पदबाट बर्खास्त भएपछि युवा तथा खेलकुद मन्त्रालयले नयाँ सदस्यसचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो ।

सागका चार संस्करणमा लगातार स्वर्ण पदक जित्दै कीर्तिमान बनाएका पूर्व तेक्वान्दो खेलाडी बिष्टले खुला प्रतिस्पर्धामार्फत नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पद प्राप्त गर्नका लागि शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा आवेदन बुझाएका हुन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष बिष्ट नेपाल ओलम्पियन संघका अध्यक्ष हुन् । बिष्ट राखेपको सदस्यसचिव बन्नका लागि मन्त्रालयमा आवेदन बुझाउने १५औं व्यक्ति हुन् ।

मन्त्रालयका एक अधिकारीका अनुसार बिष्टअघि नै १४ जनाले सदस्यसचिव बन्नका लागि आवेदन गरिसकेका छन् । सदस्यसचिवका लागि आवेदन बुझाउने शुक्रबार अन्तिम दिन हो ।

यसअघिका सदस्यसचिव सिलवाल नयाँ खेलकुद ऐनअनुसार खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव बन्ने पहिलो खेल प्रशासक हुन् । गत वर्ष चार वर्षका लागि नियुक्त भए पनि सरकार परिवर्तनसँगै उनी बर्खास्तगीमा परेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो