काठमाडौं, (खेलाडी)- नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।
आइतबार दक्षिण कोरियामा भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् ।
एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्मध्ये निर्वाचनमा ६५ जनाले मतदान गरेका थिए । जसमा २८ काउन्सिल सदस्य र ३७ विभिन्न राष्ट्का प्रतिनिधि सहभागी थिए । राणा यसअघि युनियनमा मनोनित सदस्य थिए ।
राणा नेपाल तेक्वान्दो संघको अध्यक्षका नवनिर्वाचित अध्यक्ष हुन् । गत असोज १६ गते भैरहवामा सम्पन्न चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए । राणाले विं.स २०७० देखि लगातार संघको नेतृत्व गर्दै आएका छन् ।
उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
