काठमाडौं, (खेलाडी)- नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।
आइतबार दक्षिण कोरियामा भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् ।
एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्मध्ये निर्वाचनमा ६५ जनाले मतदान गरेका थिए । जसमा २८ काउन्सिल सदस्य र ३७ विभिन्न राष्ट्का प्रतिनिधि सहभागी थिए । राणा यसअघि युनियनमा मनोनित सदस्य थिए ।
राणा नेपाल तेक्वान्दो संघको अध्यक्षका नवनिर्वाचित अध्यक्ष हुन् । गत असोज १६ गते भैरहवामा सम्पन्न चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए । राणाले विं.स २०७० देखि लगातार संघको नेतृत्व गर्दै आएका छन् ।
उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
