माघ १६, २०८२ शुक्रबार | ०५:४२:५०
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

कराँतेलाई प्राण भर्दै मेयर कप सम्पन्न

काठमाडौ, (खेलाडी)- मध्यपुर थिमि नगरपालिकास्थित बोडे यो साताको सुरुआतमा करातेमय थियो ।

कोभिड १९ महामारीका कारण रोकिएको खेलकुद गतिविधी क्रमशः सुचारु हुने क्रममा छन् । यसै क्रममा आइतबार र सोमबार नेपाल सितोरियो कराँते संघ र शंखधर डोजोद्धारा आयोजित प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता प्राचिन नगरी बोडेमा सम्पन्न भयो ।

लामो समयदेखि खेल्न नपाएर तातामेसँग टाढिएका खेलाडीलाई यो प्रतियोगिताले प्रतिस्पर्धामा फर्किने राम्रो अवसर प्रदान गर्यो । त्यसैले यहाँ देशभरका विभिन्न नगरपालिकाको प्रतिनिधित्व गर्दै कुल ४२ डोजोका चार सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामार्फत तातामेसँगको सम्बन्ध नवीकरण गरे । 

प्रतियोगिताका रेफ्री संयोजक राजेन्द्र कपाली युवा खेलाडीको उल्लेख्य सहभागिताले प्रतियोगितालाई सफलताको शिखरमा पुर्याएको विचार राख्छन् ।

‘कोभिड १९ महामारीका कारण धेरै प्रतियोगिताहरु हुन पाएका थिएनन् । आ-आफ्नो डोजोमा अभ्यास निरन्तर गरे पनि प्रतियोगिता नहुँदा खेलाडीहरु निराश थिए,’ कपालीले भने, ‘यो प्रतियोगिता खेलाडीको सहभागिता, खेलाडीले प्राप्त गर्ने सुविधा र पुरस्कार राशीका कारण नेपालकै उदाहरणीय बन्न सक्यो ।’

बोडेमा धेरैपछि कराते प्रतियोगिता भएको र यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने कपालीको विश्वास छ । 

प्रतियोगिताका संयोजक १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठले प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।

‘यसपाली प्रतियोगिता निक्कै भव्यतापूर्वक सम्पन्न भयो । हाम्रो मध्यपुर थिमी नगरपालिका, मेयर मदनसुन्दर श्रेष्ठज्यू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालज्यू, सह प्रायोजक शिव शिखर बहुउदेस्सिय सहकारीसंस्था लिमिटेडबाट राम्रो सहमति प्राप्त भयो,’ श्रेष्ठले खेलाडीसँग भने, ‘सहभागि भएका खेलाडी, प्रशिक्षक र रेफ्रीहरुको प्रतिक्रियाले पनि हामीलाई हौस्याएको छ । यसलाई प्रत्येक वर्ष निरन्तरता दिइनेछ ।’

कोभिड सक्रमणको क्रासका कारण ठूलो धनराशीका प्रतियोगिता नभइरहेको अवस्थामा बोडेमा सम्पन्न प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिताले नेपाली कराँतेलाई प्राण भरेको रेफ्री संयोजक कपालीको बुझाई छ । 

वरिष्ठ प्रशिक्षक कपालीले निषेधाज्ञाका बीच समेत खेलाडीहरु निरन्तर अभ्यासमा रहेकाले प्रतियोगितामा स्तरीय खेलाडीको सहभागिता रहेको बताए । 

‘निषेधाज्ञाका बीच पनि अनलाइनमार्फत अभ्यास भयो । निरन्तर अभ्यासका कारण राम्रा खेलाडीहरु आए । उनीहरु निकै क्षभमतावान छन् । सबैजसो खेलहरु निक्कै प्रतिस्पर्धात्मक थिए,’ कपालीले थपे, ‘यहाँ सम्भावना बोकेका धेरै जुनियर खेलाडीहरु आएका छन् । यो नेपाली कराते जगतका लागि सुखद संकेत हो । खेलाडीले यस्तै प्रतियोगिताहरुबाट राष्ट्रिय टोलीसम्मको यात्रा गर्ने हो ।’

दुई दिन चलेको प्रतियोगितामा एकल काता, कुमुते र किक बक्सिङ गरि तीन विधामा प्रतिस्पर्धा भएको थियो  ।

कुमुतेमा महिला र पुरुष दुवैतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी गरि कुल ७ तौल समूहमा प्रतिस्पर्धा भए ।

त्यस्तै एकल काता र किक बक्सिङमा पुरुषतर्फ ५५ केजी देखी ६० केजी तौल समूह र महिलातर्फ ५० केजी देखी ५५ केजी तौल समूहमा प्रतिस्पर्धा भयो ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टिमले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ हात पारे ।  

साथै कराँते र किक बक्सिङमा उत्कृष्ट हुने महिला र पुरुष गरी चार खेलाडीले माउन्टेन बाइक प्राप्त गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।