माघ १५, २०८२ बिहीबार | ०५:१४:२९
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

नेपाल टेलिकमलाई उपाधि

काठमाडौं – नेपाल टेलिकमले शुक्रबार कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि जितेको छ ।

 च्याम्पियनसिपको फाइनलमा समग्रमा ३-२ को जित निकाल्दै नेपाल टेलिकमले उपाधि उचाल्यो । 

पहिलो खेलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१-१८, २१-१३ को जित निकाल्दै टेलिकमलाई १-० को अग्रता दिलाए । दोस्रो खेलमा सिल्ककी अनुमाया राईले टेलिकमकी सीमा राजवंशीमाथि जित निकालिन् । अनुमायाले सीमालाई २१-१४ , २१-१५ ले हराइन् । 

कर्पोरेट पुरुष युगलमा भने टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१-१२, २१-५ ले हराउँदै समग्रमा २-१ को अग्रता लियो । महिला युगलमा टेलिकमकी सीमा राजवंशीको घुँडामा चोट बल्झेपछि रिटायर्ड हर्ट हुँदा २-२ को अवस्थामा पुग्यो । 

तर अन्तिम तथा निर्णायक खेल (पुरुष युगल) मा टेलिकमका हरिकृष्णन शर्मा र रत्नजित तामाङले सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडीलाई २१-१७ ,२२-२० ले जित्दै आफ्नो टोलीलाई जित दिलाए । विजेता नेपाल टेलिकमले आठ लाख बराबरको चाँदीको रनिङ ट्रफी प्राप्त ग¥यो । 

विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं एनओसीका सचिव रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरे । च्याम्पियनसिपमा खेलाडीहरूले अनुबन्धनबापत २० हजार र प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।