चैत्र ६, २०८२ शुक्रबार | २३:११:५७
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

नेपाल टेलिकमलाई उपाधि

काठमाडौं – नेपाल टेलिकमले शुक्रबार कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि जितेको छ ।

 च्याम्पियनसिपको फाइनलमा समग्रमा ३-२ को जित निकाल्दै नेपाल टेलिकमले उपाधि उचाल्यो । 

पहिलो खेलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१-१८, २१-१३ को जित निकाल्दै टेलिकमलाई १-० को अग्रता दिलाए । दोस्रो खेलमा सिल्ककी अनुमाया राईले टेलिकमकी सीमा राजवंशीमाथि जित निकालिन् । अनुमायाले सीमालाई २१-१४ , २१-१५ ले हराइन् । 

कर्पोरेट पुरुष युगलमा भने टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१-१२, २१-५ ले हराउँदै समग्रमा २-१ को अग्रता लियो । महिला युगलमा टेलिकमकी सीमा राजवंशीको घुँडामा चोट बल्झेपछि रिटायर्ड हर्ट हुँदा २-२ को अवस्थामा पुग्यो । 

तर अन्तिम तथा निर्णायक खेल (पुरुष युगल) मा टेलिकमका हरिकृष्णन शर्मा र रत्नजित तामाङले सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडीलाई २१-१७ ,२२-२० ले जित्दै आफ्नो टोलीलाई जित दिलाए । विजेता नेपाल टेलिकमले आठ लाख बराबरको चाँदीको रनिङ ट्रफी प्राप्त ग¥यो । 

विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं एनओसीका सचिव रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कृत गरे । च्याम्पियनसिपमा खेलाडीहरूले अनुबन्धनबापत २० हजार र प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो