माघ २९, २०८२ बिहीबार | २२:४६:५९
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान

काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडौं। स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीका अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि काठमाडौँ किकर्स फुटबल एकेडेमीले जितेको छ।

बिहीबार डीएभी विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौँ किकर्सले जावलाखेल युथ क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै उपाधि उचालेको हो। निर्धारित समयमा दुवै टोलीले ३-३ गोलको बराबरी खेलेका थिए।

त्यस्तै, तेस्रो स्थानका लागि मारियो ग्रासरुट स्पोर्ट्स क्लब र एजी-१० फुटबल एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै एजी-१० फुटबल एकेडेमी विजयी भई तेस्रो स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगितामा बोलपुर टप क्लबले ‘फेयर प्ले अवार्ड’ जित्न सफल भयो।

विधागततर्फ काठमाडौँ किकर्सका कबिर तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। एजी–१० फुटबल एकेडेमीका सिद्धान्त राय सर्वाधिक गोलकर्ता बने भने जावलाखेल युथ क्लबका जयन्द्र चौधरी उत्कृष्ट गोलकिपर घोषित भए।

उपाधिसँगै काठमाडौँ किकर्सले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता जावलाखेल युथ क्लबले १० हजार रुपैयाँमा चित्त बुझायो ।

समापन समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ र वर्तमान राष्ट्रिय खेलाडी विशाल सुनारको उपस्थिति थियो ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026