माघ २९, २०८२ बिहीबार | १९:४७:२५
नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी

नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी-२० विश्वकपअन्तर्गतको आफ्नो दोस्रो खेलमा बिहीबार नेपालको प्रदर्शन अपेक्षा गरिएभन्दा विपरित निक्कै कमजोर रहयो । आइतबार पहिलो खेलमा इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गरेको नेपाल बिहीबार ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा कमजोर साबित हुँदा इटालीसँग १० विकेटले नियाश भयो ।

इटालीका लागि भने बिहीबारको दिन ऐतिहासिक रहयो । पहिलो पटक विश्वकप खेलिरहेको इटालीले पहिलो सहभागिताकै दोस्रो खेलमा बलियो मानिएको नेपालमाथि जित निकालेको हो ।

इटालीले नेपालबाट पाएको १२४ रनको सामान्य लक्ष्य १२.४ ओभरमा विनौ विकेट क्षति पूरा गर्यो । इटालीको ऐतिहासिक जितमा ओपनरद्वय जस्टिन मस्का र एन्थोनी मस्काले अर्धशतकीय इनिङ खेले । मस्का दाजुभाइले पहिलो विकेटका लागि १२४ रनको अविजित साझेदारी गरे ।  

एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा अविजित रहेर ६२ रन बनाए । जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का सहित अविजित ६० रनको योगदान गरे । नेपालले ६ बलर प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि मुम्बईको वाङ्खडे क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको प्रदर्शन अकल्पनीय कमजोर रहेपछि टोली १९.३ ओभरमा १२३ रनमा सीमित भएको थियो । नेपालका लागि आरिफ शेखले २४ बलमा बनाएको २७ रन इनिङ्कै उच्च स्कोर थियो ।

कप्तान रोहितकुमार पौडेल २३, आसिफ शेख २० तथा दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । इटालीका लागि क्रिसन कलुगामनले ३ तथा बेन मेनन्तीले २ विकेट लिए ।

पहिलो जितका साथ इटाली २ अंक लिएर समूह सी को तेस्रो स्थानमा उक्लिएको छ । लगातार दुई खेलमा पराजित नेपाल अंकबिहिन भएर समूहको पुछारमा छ । यो हारसँगै नेपालको सुपर आठ पुग्ने सम्भावना कठिन बनेको छ । जितसँगै इटालीको सुपर आठमा पुग्ने सम्भावना भने बलियो बनेको छ ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026