श्रावण ३०, २०८२ शुक्रबार | २२:२६:०२
एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने

एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गर्न एनएनआइपिएको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपि)ले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिताप्रति चिन्ता ब्यक्त गरेको छ ।

एनएनआइपिएले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढ्न थालेको भन्दै ध्यानाकर्षण गराएको हो  ।

‘नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढ्न थालेको छ,’ एनएनआएपिए अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित प्रशिक्षणमा रहेका खेलाडी अन्योलमा परेका छन् । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’

विवादमा को सहि को गलत भन्दा पनि एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन सबै पक्षको पहलका लागि खेलाडी संघले आग्रह गरेको छ ।

नेपालमा हाल सरकार र नेपाल ओलम्पिकक कमिटीको विवादले २०२६ सेप्टेम्बरमा आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता हुने नहुने अन्योल छ ।

२०औं एसियन गेम्सका लागि यसअघि नै युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबाट फरक(फरक सूची आयोजकलाई पठाइएको थियो । जसमा मन्त्रालयले पठाएको ३१ खेलको सूची दर्ता भएन भने ओलम्पिक कमिटीले पठाएको ३० खेलको सूची दर्ता भएको थियो ।

तर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन गरेर एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता गराउन पहल गर्ने केही दिअघि भएको एक कार्यक्रममा बताएका थिए ।

खेलाडीहरू मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षण गरिरहेका छन् । तर खेलकुदका सम्बन्धित निकायहरू भने आ-आफ्नो अडानमा बस्दा अहिले त्यसको प्रत्यक्ष मार खेलाडीमा परिरहेको छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video