कार्तिक १५, २०८२ शनिबार | ०७:४१:४६
स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त
शनिबारको दिन

अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ

काठमाडौं । इरान र भारत सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता र त्यसपछि भारतसँगको अनौपचारिक मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन भारत पुगेको नेपाली टिमको यात्रा सम्पन्न भइसकेको छ ।

अस्तव्यस्त भ्रमण तालिका र कमजोर व्यवस्थापनका कारण एन्फा आलोचित भए पनि टिमले दुई खेलमा विजय हासिल गर्यो । दुवै जित भारतविरुद्ध थियो ।

दोस्रो हाफको सुरुआती १० मिनेट सम्हालिन नसक्दा नेपालले प्रतियोगिताको पहिलो खेलमा तुलनात्मक रूपमा बलियो मानिएको इरानसँग ३-० को हार बेहोरेको थियो । सबै गोल त्यही १० मिनेटभित्र भएका थिए । नेपालको ‘डिफेन्सिभ लाइन’ अव्यवस्थित हुँदा इरानले त्यसको फाइदा उठाएको थियो । उद्घाटन खेलमा भारतलाई २-० को नतिजामा हराएको इरानले प्रतियोगिताको ट्रफी उचाल्यो ।

प्रतियोगिताको अघिल्लो दिन मध्यराती २ बजे नेपाली टोली सिलोङ पुगेको थियो । जसको प्रत्यक्ष असर खेलमा परेको मुख्य प्रशिक्षक नवीन न्यौपानेको तर्क थियो ।

सोमबार भारतसँग खेलेकै राती नेपाली टोली अनौपचारिक खेलका लागि सिक्किम यात्रामा निस्कियो । थकित टोलीले पर्याप्त आरामको मौका पाएन । 

‘लामो दूरीको यात्राका कारण सबै खेलाडी थकित थिए । जसको असर खेलमा देखियो । खेलाडीमा ‘मसल फटिग’ भयो । फटिगले गर्दा नै दोस्रो हाफमा हाम्रो प्रदर्शन ‘डाउन’ भयो,’ भारतसँग खेल्नुअघि पहिलो खेलका बारेमा न्यौपानेले भनेका थिए ।

नेपाल र भारत बीचको खेल प्रतियोगिताको सेट-अप अनुसार औपचारिकतामा मात्र सीमित थियो । तर, दुवै टोली प्रतिष्ठाको लडाईंका लागि मैदानमा उत्रिरहेका थिए । भारतको लक्ष्यमा सधैं तगारो बन्ने गरेकी नेपाली कप्तान सावित्रा भण्डारीले यसपाली पनि आफ्नो रबाफ जमाइन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता मा प्रतिस्पर्धा गर्दै नेपाल ( रातो जर्सी) र भारत । 

सुरुआती दुई मिनेटभित्र टोलीलाई अग्रता दिलाएकी सावित्राले दोस्रो हाफमा फ्रिकिकमार्फत सनसनीपूर्ण गोल गरिन् । भारतले निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा एक गोल फर्काउँदै खेलमा फर्किने संकेत गरेको थियो । तर, सफल हुन सकेन । अन्तर्राष्ट्रिय फुटबलमा भारतविरुद्ध नेपालको यो चौथो जित थियो । भारतकै मैदानमा नेपालको यो दोस्रो जित थियो । सन् २०१९ मा पनि सावित्राकै दुई गोलमा नेपालले भारतको चुनौती २-१ ले पन्छाएको थियो ।

सोमबार भारतसँग खेलेकै राती नेपाली टोली अनौपचारिक खेलका लागि सिक्किम यात्रामा निस्कियो । थकित टोलीले पर्याप्त आरामको मौका पाएन । अनि यात्रा दौरान खानपिनमा पनि बेवास्ता गरियो । यद्यपि एन्फाको व्यवस्थापन कमजोरी चेलीहरूको अर्को जितले ढाकछोप गरिदियो । सिक्किममा दर्शकको बाक्लो उपस्थिति बीच नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले हरायो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो ।

‘जुन भारतसँग हामीले खेल्ने गरेका छौं, त्यो भारतलाई हामीले पाएनौं । टोलीमा महत्वपूर्ण खेलाडी थिएनन्,’ औपचारिक जितपछि सावित्राले भनेकी थिइन् ।

अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणका लागि तयारी गरिरहेको भारतले नेपालविरुद्ध नयाँ खेलाडीलाई परीक्षण गर्यो । भारतले थाइल्यान्डमा सम्पन्न छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो । त्यस टोलीबाट ११ खेलाडी यसपाली टोलीमा समावेश थिएनन् । टोलीमा रहेका बाँकी १३ मध्ये ६ खेलाडीले नेपालविरुद्ध औपचारिक खेलमा पहिलो रोजाइमा खेले । त्यसपछि यी खेलाडीले सिक्किम भ्रमण गरेनन् ।

भारतका प्रशिक्षक क्रिस्पिन क्षेत्रीले दुवै खेलमा नयाँ र युवा खेलाडीलाई परीक्षण गरे । गत अगस्टको अन्तिम साता भुटानको थिम्पुमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपबाट मात्र क्षेत्रीले चार खेलाडीलाई टोलीमा स्थान दिएका थिए । यीमध्ये कप्तान जुलन नोङमाइथेमलाई औपचारिक र ‘मोस्ट भ्यालुुएबल प्लेयर’ को पुरस्कार जितेकी रक्षक अभिस्ता बस्नेतलाई अनौपचारिक खेलमा प्रयोग गरिएको थियो । दुवै खेलमा भारतीय टोलीले ‘पोसेसन प्ले’ मा ध्यान दिएको थियो । जसमा टोली सफल पनि रह्यो ।

‘जुन भारतसँग हामीले खेल्ने गरेका छौं, त्यो भारतलाई हामीले पाएनौं । टोलीमा महत्वपूर्ण खेलाडी थिएनन्,’ औपचारिक जितपछि सावित्राले भनेकी थिइन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता मा प्रतिस्पर्धा गर्दै नेपाल (रातो जर्सी) र इरान । 

अनौपचारिक खेल फिफा विन्डोभित्र नपरेका कारण सावित्रासहित विदेशी लिग खेलिरहेका मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा सिलोङबाटै आ-आफ्नो गन्तव्यतिर लागेका थिए । न्यौपानेले पनि सिक्किममा पहिलो रोजाइमा व्यापक फेरबदल गरेका थिए । अघिल्लो खेलमा अन्तर्राष्ट्रिय डेब्युको अवसर प्राप्त गरेकी मीना देउवासँगै उनकी यु-२० सहकर्मी, स्ट्राइकर पूर्णिमा राई र रक्षक प्रतीक्षा चौधरीले पहिलो रोजाइमा मौका पाए । गोलकिपरमा सधैं तेस्रो रोजाइमा सीमित भइरहेकी उषा नाथलाई प्रयोग गरियो । अन्य खेलाडीसँग भने ‘बिग स्टेज’को अनुभव थियो ।

नेपालले फेरि नोभेम्बर अन्तिम साता इन्डोनेसिया भ्रमण गर्दैछ । 

नेपालका लागि भारतविरुद्धको जितले खास अर्थ राख्छ । बेग्लै खुसी दिन्छ । यसपाली पनि चेलीहरूको मन पक्कै पनि प्रफुल्लित भएको छ । यी दुई जितले उर्जा थपेको छ । तर, एउटा कुराले भने उनीहरूको मनलाई खिन्न बनाएको छ । जहाँ भारतले एसियन कप खेलिरहेको हुनेछ । नेपालसँग भने त्यो अवसर छैन ।

उज्वेकिस्तानमा सम्पन्न छनोट प्रतियोगितामा नेपाल भाग्यबाट ठगिएको थियो । टोली पेनाल्टी सुटआउटमा घरेलु टोलीसँग निराश भएको थियो । जसका कारण नेपालले एसियन कप खेल्ने अवसर त गुमायो नै, टोलीको विश्वकप खेल्ने ढोका पनि बन्द भयो । यसबाट खेलाडीलाई गहिरो चोट पुगेको छ । भारत भ्रमण गर्नुअघि सावित्रा आफैले यो कुरालाई स्विकारेकी थिइन् ।

‘हामीले चाहेर पनि उज्वेकिस्तानको त्यो हारको पीडालाई रिकभर गर्न सकिरहेका छैनौं । हामी हाम्रो प्राइम टाइममा एसियन कप खेल्नबाट बञ्चित भएका छौं । यसले सबैको मन दुखेको छ,’ मनलाई सम्हालेर सावित्राले भनिन्, ‘इरान र भारतलाई हामीसँग खेल्दा फाइदा पुग्छ ।’

मैत्रीपूर्ण खेलमा भारतलाई हराएपछि खुसीयाली मनाउँदै नेपाली खेलाडी । 

भारतसँगै इरानले पनि एसियन कपमा आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । नेपालले फेरि नोभेम्बर अन्तिम साता इन्डोनेसिया भ्रमण गर्दैछ । जहाँ उसले घरेलु टोलीसँगै एसियन कपमा स्थान बनाएको अर्को टोली चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता खेल्नेछ । निश्चित छ, नेपालसँग खेलिरहँदा चाइनिज ताइपेइलाई पनि फाइदा नै पुग्नेछ ।