कार्तिक १५, २०८२ शनिबार | ०७:३९:५९
स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त
शनिबारको दिन

‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’

काठमाडौं । दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबलमा पुनरागमन जनाएको नेपाली पुरुष टोली बंगलादेशबाट दयनीय प्रदर्शनको स्मरणका साथ घर फर्किएको छ ।

बंगलादेशको ढाकामा भएको सेन्ट्रल एसिया भलिबल संघ (काभा) नेसन्स कपमा नेपाली पुरुष टिमले ६ खेलमा ४ हार बेहोर्यो । कमजोर तयारीबीच बंगलादेश पुगेको नेपाली टिमका लागि माल्दिभ्समाथि हासिल गरेको जित र घरेलु बंगलादेशसँग पाँच सेटसम्म प्रतिस्पर्धा नै सान्त्वनाका विषय रहे ।

नतिजाका हिसाबमा कमजोर भए पनि खेलाडीको व्यक्तिगत प्रदर्शन र भविष्य मूूल्यांकन गर्दा चाँहि राम्रो सम्भावना देखिएको छ । हरिहजुर थापाको नेतृत्वमा रहेका १४ मध्ये अधिकांश खेलाडी युवा छन् । ८ खेलाडीले त यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

‘नयाँ खेलाडीले आगामी दिनमा निरन्तर स्तरीय अभ्यासको मौका पाए भने नेपाली पुरुष भलिबलको भविष्य राम्रो रहेको प्रमाणित गरेका छन्,’ प्रशिक्षक भरत यादवले भनेका छन् ।

टोलीमा रहेका कप्तान हरिहजुर, धनबहादुर भट्ट क्षेत्री, हरि अधिकारी, शरण सामरी क्षेत्री र विनोद चन्दबाहेक अधिकांश खेलाडी २२-२३ वर्षको उमेर समूहका छन् । धीरजकाजी बस्नेत, सफल बिक, रविन नगरकोटी, सुनिल बोहरा, पहल गहतराज, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, नृपध्वज बस्नेत, सुजन सुनार र  सन्तोष राईको प्रदर्शनमा अनुभवको कमी देखिन्थ्यो । तर, उनीहरूमा भएको जोश र प्रतिभाले नै भविष्य सुनौलो देखिन्छ ।

प्रतियोगितामा नेपालले  दर्ता गरेका दुवै जित माल्दिभ्सविरुद्ध थियो । 

त्यसका लागि पुरुष टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन नेपाल भलिबल संघले फेरि अर्को दुई वर्ष कुराउनु नहुने अर्का एक वरिष्ठ प्रशिक्षक बताउँछन् । भन्छन्, ‘नेपाल भलिबल संघ (एनभिए) ले अर्काे दुई वर्ष नपर्खी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने हो भने यी खेलाडीले योभन्दा माथिल्लो स्तरमा आफूलाई प्रमाणित गर्नेछन्,’ ती प्रशिक्षकले भने ।

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान हरिहजुर थापा । 

टिमका युवा खेलाडीमा पर्याप्त सम्भावना रहेको बताउँदै कप्तान हरिहजुर पनि युवा खेलाडीलाई प्रतियोगिता अगावै कम्तिमा पनि दुई देखि चार महिनासम्म बन्द प्रशिक्षणमा राख्नुपर्ने तर्क गर्छन् ।

‘हामीले तयारीअनुसारको यो प्रदर्शन गर्नु राम्रो हो । टिममा धेरै नयाँ खेलाडी थिए । उनीहरूले यही प्रतियोगिताबाट डेब्युु गरेका हुन् । उनीहरूलाई खेल्न गाह्रो भएको देखिन्थ्यो,’ कप्तान हरिहजुर भन्छन्, ‘राम्रो तयारी भएको अवस्थामा आशा गर्ने स्थानहरू छन् ।’

भलिबलका एक पूर्वप्रशिक्षक भन्छन्, ‘कम तयारीबीच खेलाडीको यो प्रदर्शन निकै राम्रो हो । उनीहरूले सम्भावना भएको संकेत गरेको छन्,’ ती प्रशिक्षकले भने, ‘अब पनि भलिबल संघले उनीहरूलाई अन्तर्राष्ट्रिय खेल खेल्न दुुई वर्ष कुराउनु हुँदैन । संघले उनीहरूलाई वर्षमा कम्तीमा पनि दुई देखि ४ वटासम्म मैत्रीपूर्ण खेल र प्रतियोगितामा सहभागी गराउनु पर्छ । अभ्यास पनि चार देखि पाँच महिना गराउन सकियो भने उपाधि ल्याउन सक्छौं ।’

प्रतियोगिता खेलेर फर्किएका एक खेलाडीको पनि गुनासो उस्तै छ । उनी भन्छन्, ‘संघले दुई वर्षपछि प्रतियोगितामा सहभागिता गराउने  प्रवृत्ति दोहोरिनु भएन । वर्षमा प्रतियोगिता गरिरहेको अवस्थामा आशावादी छु र राम्रो नतिजा पनि आउनेछ ।’

काभामा नेपालको खेल कस्तो रह्यो त ?

६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले पाँचौं स्थान हासिल गर्यो । 

पहिलो खेलमै पराजित 

ढाकास्थित इन्डोर हलमा कात्तिक ५ गते नेपालले पहिलो खेल तुर्केमिनिस्तानसँग खेल्यो । तर, नेपाली खेलाडी पहिलो खेलमै निरास बने । नेपाली खेलाडीको समस्या विशेषगरी रिसिभमै देखिएको थियो । नेपाल लगातार तीन सेटमा पराजित भयो । दुई वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा फर्किएको नेपाल २५-२२, २५-१८,२७-२५ ले पराजित भएको थियो । यही खेलबाट रविन नगरकोटी, पहल गहतराज, सन्तोष राई, सुनिल बोहरा र अर्जुन नेपालीले डेब्यु गरेका थिए । नेपाललाई सहज हराएको तुर्केमिनिस्तानले नै प्रतियोगिताको उपाधि जितेको थियो ।

राष्ट्रिय पुरुष भलिबल टोली । 

बंगलादेशसँग प्रतिस्पर्धात्मक खेल 

नेपालले दोस्रो खेल कात्तिक ६ गते नै खेल्यो । एकदिन पछि नै अर्को खेल खेलको नेपालले घरेलु टोली बंगलादेशलाई कडा टक्कर दियो । तर, पाँचौं सेटमा भने नेपाल चुक्यो । ढाकामा भएको खेलको पहिलो दुई सेट नेपालले २३-२५,२०-२५ ले गुमाएको थियो । त्यस पछिका दुई सेटमा नेपालले उत्कृष्ट कमब्याक गर्यो । रिसिभ, डिफेन्स र सर्भिसमा नेपाली खेलाडीले बहादुरीपूर्ण प्रदर्शन गरेका थिए । नेपाल २५-२३,२५-१६ ले विजयी हुँदै सेट २-२ को बराबरी गर्यो । तर, रिसिभ र डिफेन्समा चुकेको नेपाल पाँचौं तथा निर्णायक सेटमा १४-१६ ले पराजित भएको हो ।

तेस्रो खेलमा पहिलो जित

नेपालले लगातार तेस्रो दिन अर्थात् कात्तिक ७ मा माल्दिभ्ससँग खेल्यो । तेस्रो खेलमा आएर नेपालले स्पष्ट तीन अंक हासिल गर्यो । नेपालले माल्दिभ्सलाई सहज रूपमा जित निकाल्यो । ३-० को सेटमा जित निकाल्दा नेपालले २५-२१, २५-२३, २५-१८ ले सेट आफ्नो पक्षमा पार्यो । यो जितपछि नेपालले तीन खेलमा चार अंक जोडेको थियो ।

फाइनल सम्भावना समाप्त

नेपालले एक दिनको विश्रामपछि कात्तिक ९ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्यो । यो खेलमा नेपाल ३-० को सेटमा पराजित भयो । चौथो खेलमा तेस्रो हार बेहोरेपछि नेपालको काभा कप जित्ने सम्भावना समाप्त भयो । नेपाल अफगानिस्तानसँग २५-१८, २५-१७, २५-२१ ले पराजित भएको हो । यो हारसँगै शीर्ष दुईमा रहेर फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो । चार खेल खेल्दा नेपाल मात्र चार अंक जोड्न सफल भयो । नेपाललाई हराएको अफगानिस्तान नै प्रतियोगिताको उपविजेता भएको थियो ।

पाँचौं खेलमा श्रीलंकासँग सहजै पराजित

एक खेलअघि नै उपाधिबाट बाहिरिएको नेपालले कात्तिक १० गते श्रीलंकासँग खेल्यो । बलियो श्रीलंकासँग नेपाल ३-० ले पराजित भयो । श्रीलंकासँग कमजोर प्रदर्शन गर्दै नेपाल १८-२५, १७-२५, २०-२५ ले पराजित भएको हो । यो हारपछि कांस्य पदकका लागि खेल्ने नेपालको लक्ष्य पनि पूरा भएन । चौथो हारसँगै पाँच खेलबाट चार अंक जोडेको नेपाल लिगचरणमा पाँचौं स्थानमा रह्यो । योसँगै नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग खेल्ने टुंगो लागेको थियो ।

छैटौं खेलमा चौथो हार 

एक खेलअघि नै उपाधि दौडबाट बाहिरिएको नेपालले काभा कपमा पाँचौं स्थान हासिल गर्यो । ६ टोली सहभागी लिगमा माल्दिभ्स पुछारमा रह्यो । कात्तिक ११ गते सम्पन्न प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा हराएको थियो । प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध दोस्रो जित निकालेको थियो । यसअघि लिग चरणामा भने ३-० को सेटमा हराएको थियो । नेपालले सुरुआती दुई सेट २९-२७,२५-२० ले आफ्नो पक्षमा पारेको थियो । निकै प्रतिस्पर्धात्मक तेस्रो सेट माल्दिभ्सले ३५-३७ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा माल्दिभ्सविरुद्ध २५-१९ को सहज जित निकाल्दै पाँचौं स्थान हासिल गरेको हो ।