श्रावण १५, २०८२ बिहीबार | १०:२४:३०
म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ

उसु महासंघका प्रतिनिधिले गरे राखेप सदस्यसचिवको कार्यकक्षमा तोडफोड

नेपाल उसु महासंघका सचिव निकेश श्रेष्ठ ।

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका प्रदाधिकारीले  शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् ।

तोडफोड गर्नेमा महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पाछिरिङ लामा छन् ।

यसैगरी शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको नेपाल उसु महासंघको समूहले भने उक्त घटनाप्रति ध्यानाकर्षण रहेको उल्लेख गर्दै निन्दासमेत गरेको छ ।

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ती जारी गर्दै तोडफोडमा सहभागी समूहलाई २०८० भदौ १३ गते उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ ।

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले सरकारी सम्पती तोडफोड गर्नेहरुलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ । राखेपले उक्त घटनामा संलग्नविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ ।

बिहीबार मात्र राखेपले गरेको पत्रकार सम्मेलनमा नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कार्बाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो ।

ऐनको दफा १५ मा कुनै व्यक्तिले आफूले नपाएको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी त्यसको प्रयोग गरेमा कसूरको मात्राअनुसार १ देखि २ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यव्स्था ।

यस्तै दफा १६ मा झुट्टा विवरण दिनेलाई कसूरको मात्राअनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनीहरुलाई तीन दिनभित्र सफाई पेस गर्न राखेपले अवसर दिएको भोलीपल्ट नै लामासहितका टोलीले सदस्यसचिवको कार्यकक्ष तोडफोड गरेको हो ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081