आश्विन १, २०८२ बिहीबार | १०:५९:१६
नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत

एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा

काठमाडौं । घरेलु टोली युएईविरुद्ध ४१ रनको जित निकाल्दै पाकिस्तानले एसिसी ट्वान्टी -२० एसिया कपको सुपर-४ मा स्थान पक्का गरेको छ ।  

जितसँगै तीन खेलमा चार अंक जोडेको पाकिस्तान समूह ‘ए’ को दोस्रो स्थानमा छ । पराजित युएई समान खेलबाट दुई अंक जोड्दै बाहिरिएको छ । 

समूह ‘ए’ बाट भारतले यसअघि नै सुपर ४ को यात्रा तय गरिसकेको थियो ।

बुधबार  दुई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत १४७ रनको लक्ष्य पछ्याएको युएई १७.४ ओभरमा १०५ रनमै समेटियो ।

युएईका लागि राहुल चोपराले ३५, ध्रुव पराशरले २०, मोहम्मद वासिमले १४ र अलिशान शराफुले १२ रन बनाए ।

पाकिस्तानका लागि अब्रार अहमद र शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले समान दुई, सइम अयुब र कप्तान सलमान आगाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि फखर जमानले ३६ बलमा तीन छक्का र दुई चौकासहित सहित सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी शहिन शाह अफ्रिदीले अविजित २९, सलमान आगाले २० र मोहम्मद ह्यारिसले १८ रन बनाए ।

युएईका लागि जुनैद सिद्धिकीले चार, समरजित सिंहले तीन र ध्रुव पराशरले एक विकेट लिए ।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA