आश्विन १, २०८२ बिहीबार | १३:३७:११
फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर

लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक

काठमाडौं । कोरियन स्टार सन ह्युन मिनको उत्कृष्ट प्रदर्शनप्रेरित लस एन्जलस एफसी बिहीबार मेजर लिग सकर (एमएलएस) मा रियाल साल्ट लेकविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै २८ खेलमा ४७ अंक जोडेको लस एन्जलस इस्टर्न कन्फिरेन्सको चौथो स्थानमा उक्लिएको छ । पराजित साल्ट लेक २९ खेलबाट ३४ अंकका साथ १०औं स्थानमा छ ।

अमेरिका फर्स्ट फिल्डमा पाहुना टोली लस एन्जलसका लागि ह्युन मिनले ह्याट्रिक गर्दा डेनिस बोआङ्गाले एक गोल थपे । साल्ट लेकका लागि जाभियर गोजोले एक गोल फर्काए । 

खेलको तेस्रो मिनेटमै ह्युन मिनको गोलमार्फत लस एन्जलसले अग्रता लिएको थियो । १६औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । 

गोजोले ७६औं मिनेटमा गरेको गोल साल्ट लेकका लागि सान्त्वना बन्यो । ८२औं मिनेटमा ह्युन मिनले ह्याट्रिक पूरा गरे । 

त्यसको ६ मिनेटपछि नै बोआङ्गाले लस एन्जलसका लागि चौथो गोल गरे । इन्जुरी समयमा भिक्टर ओलाटुन्जीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि साल्ट लेक १० खेलाडीमा समेटिएको थियो ।

ह्युन मिन यसै सिजन इङ्लिस क्लब टोटनहम छाडेर लस एन्जलस आएका हुन् ।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA