आश्विन १, २०८१ मंगलबार | ०१:१३:५७
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

राष्ट्रिय एमेच्योर बुद्धिचालः पुरुषोत्तम र रिशोन अगाडि

प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी

मेचीनगर। नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सिएम पुरुषोत्तम चौगागाईँ र १८६२ रेटेड खेलाडी रिशोन थापाले अग्रता बनाएका छन् ।

उनीहरूले लगातार तीन जित हासिल गर्दै तीन अंक जोडका छन् ।  

पुरुषोत्तमले पहिलो चरणको खेलमा १८१० रेटेड विश्व विजय घिमिरेलाई, दोश्रो चरणमा १७९६ रेटेड निलम बस्नेतलाई र तेश्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन १८८५ रेटेड सिएम नवीन तण्डुकारलाई पराजित गरे ।

रिशोनले क्रमशः १७१४ रेटेड नारायण राई, महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशी र १८१७ रेटेड चुडामणि कुलुङमाथि जीत दर्ता गरेका छन्।

चौथो चरणको खेलमा रिशोनले आइतबार पुरुषोत्तमसँग प्रतिस्पर्धा गर्ने छन्।

एमेच्योर च्याम्पियन बनेर दुबईमा हुने एशियन एमेच्योर प्रतियोगितामा सहभागी हुने धुनमा रहेका १८९१ रेटेड बिकास मैनाली, पूर्व विजेता १८८५ रेटेड सिएम कृष्ण थापा र १८९६ रेडेट आशिष फुयाल दुई जित र एक बराबर खेल खेलि २.५ अंक जोडेर संयुक्त दोश्रो स्थानमा उभिएका छन्।

सोही समूहमा प्रतिस्पर्धा गरिरहेकी महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशीको खेल सन्तोषजनक रहन सकेन। उनी आफू भन्दा उच्च रेटेड पुरुष खेलाडीबाटट पराजित भएकी छन्।

 १६८७ रेटड पूजा भण्डारीले भने औसत खेल प्रदर्शन गरेकी छन्। उनले १७०० रेटिङमुनि तेश्रो चरणको खेलमा युवा उदीयमान खेलाडी एरिना क्याण्डिडेड मास्टरमाथि रोमाञ्चक जित दर्ता गरिन् । यस्तै दोश्रो चरणको खेलमा अर्का युवा खेलाडी विष्णुलाल लिम्बुसँग बराबरी खेलिन्। पूजाको २.५ अंक बनेको छ।

१७०० रेटिङमुनिमा चौथो चरण पश्चात् १६९९ रेटेट खेलाडी रञ्जित राई, १६२६ रेटेड कपिल गुरुङ र १६४८ रेटेड खेलाडी शिवकुमार विकले समान चार अंक जोडेर संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन्।

यसैगरी १६९४ रेटेट खेलाडी गोविन्दमान श्रेष्ठ र १५९८ रेटेड खेलाडी कृष्णप्रसाद सिग्देलले तीन जित र एक बराबर खेलवाट ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थानमा छन्।

प्रमुख निर्णायक सिनियर राष्ट्रिय आर्विटर सोराज ताम्राकारका अनुसार प्रतियोगितमा एमेच्योरतर्फ सात तथा १७०० मुनितर्फ नौ चरणका खेल हुनेछन्।

भदौ १० गते सकिने प्रतियोगिताको विजेता खेलाडीहरुले २ लाख ८२ हजार प्राप्त गर्नेछन् ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024