माघ १, २०८१ मंगलबार | १८:११:०६
पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित टाइगर कपमा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहने अस्ट्रेलियालाई एकदिवसीय शृखला युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन सुदूरपश्चिमको सुखद सुरुआत पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित टाइगर कपमा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहने अस्ट्रेलियालाई एकदिवसीय शृखला युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन सुदूरपश्चिमको सुखद सुरुआत

स्वर्ण पदकमा नेपालको ‘क्लिन स्विप’

स्वर्ण पदक विजेता खेलाडी ।

काठमाडौं । प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्ण पदकमा नेपालले ‘क्लिन स्विप’ गरेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण  पदक जित्न सफल रह्यो । नेपालले पाँच रजत र चार कांस्य पदक पनि थप्यो ।

नेपाल जित कुण्डो मार्सल आर्ट्सको आयोजनमा भएको प्रतियोगितामा भारत र श्रीलंकाले समान एक रजत र कांस्य जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ५५ केजी तौलसमूहमा विजय थापाले स्वर्ण पदक जिते । उनले नितेश कठायतलाई पराजित गरे ।

पुरुष ६० केजीमुनिमा नरेन्द्र दनुवारले अल्ताप दनुवारलाई हराउँदै स्वर्ण पदक चुमे । अमित थापा तेश्रो भए ।

पुरुष ६५ केजीमा सन्जिव माझीले  नेपालकै भीष्म तामाङलाई निरास बनाउँदै स्वर्ण पदक हात पारे । सुसाङ चौधरी तेश्रो स्थानमा रहे ।

पुरुष ७० केजीमुनिमा सुमन तामाङले स्वर्ण पदक चुमे । उनले फाइनलमा श्रीलंकाका रकिन्डु प्रेमन चन्द्रालाई हराए । भारतका मोनिश तेश्रो भए । पुरुष ७० केजीमाथिमा पिताम्बर मगरले बाजी मारे । उनले फाइनलमा भारत प्रियाडमाथि जित दर्ता गरे । श्रीलंकाका कसुन हर्षल तेश्रो स्थानमा रहे ।

महिला ५५ केजीमुनिमा निलम कोइरालाले सारिका नेपालीको चुनौती पन्छ्याउदै स्वर्ण पदक जितिन् ।  जमुना दनुवार तेश्रो बनिन् । 
महिला ७० केजीमाथिको पलाइनलमा उर्मिला दनुवारले जमुना विकलाई पराजित गरिन् ।  ममता शर्मा तेश्रो भइन् ।

शीर्ष तीनले क्रमशः २३ हजार ५००, ५ हजार ५०० र ३ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका अध्यक्ष रामबहादुर ठकुरी र महासचिव शिवबहादुर थापा, टेड वाङ जितकुण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक स्पेनका ज्याक्विन मार्सेलोलगायतले  गरे ।

प्रतियोगिताअघि संघकै आयोजनामा दुई दिने नवौं टेड वाङ सेमिनार पनि भएको थियो ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO