आश्विन १, २०८१ मंगलबार | ०१:२३:५५
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

झापामा राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता हुने

मेचीनगर । छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता भदौ ७ देखि १० गतेसम्म झापामा हुने भएको छ ।

नाइट चेस क्लबको आयोजनमा हुन लागेको प्रतियोगितालाई नेपाल बुद्धिचाल महासंघले प्राविधिक सहयोग गर्नेछ ।

क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विश्वविजय घिमिरेले दिएको जानकारी अनुसार प्रतियोगितामा १५० जना खेलाडीले सहभागी जनाउने पक्का भएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले मंसिर १३ देखि पुस २२ सम्म युएईको अलएन शहरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् ।

मेची नगरपालिका र पशुपति बोर्डिङ स्कुल प्रमुख प्रायोजन रहने क्लासिकल बुद्धिचाल प्रतियोगिता रेटिङ १ हजार ७०० देखि २ हजारसम्म र रेटिङ १ हजार ७०० मुनि  गरी दुई क्याटेगोरी समावेश गरिएको छ । दुवै विधामा १०औं स्थानसम्म रहने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजक नाइट चेस क्लबका प्रथम उपाध्यक्ष राजु पौडेलका अनुसार विजेताल ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान हासिल गर्नेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथोदेखि सातौं  स्थानमा  रहनेले क्रमशः १२, १० र ६ हजार तथा आठौं, नवौ र १०औं स्थान हासिल गर्नेले जनही पाँच हजार पाउने छन् ।

अन्तर्राष्ट्रिय आर्विटर बालाराम पुन प्रमुख निर्णायक रहने निर्णायक मण्डलमा फिडे आर्विटर कोर्स पूरा गरेका सोराज ताम्राकार र सिनियर राष्ट्रिय आर्विटर हरिकृष्ण श्रेष्ठ छन् ।

प्रतियोगिता आयोजना गर्न १८ लाख २२ हजार खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले तथा समापन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गर्ने क्लबले जनाएको छ ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024