काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा इङ्लिस ब्याटर रवी भोपाराले लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गरेका छन् ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगर किंग्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको चितवनका लागि भोपाराले २८ बलमा दुई चौका र तीन छक्कासहित ५० रन पूरा गरेका हुन् ।
भोपाराले यसअघि कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका थिए ।
भोपाराको अर्धशतकसँगै चितवन बलियो योगफलतर्फ अग्रसर देखिएको छ । १७.२ ओभरको समाप्तिमा चितवनले चार विकेट गुमाउँदै १४५ रन जोडेको छ ।
भिडियो
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
