काठमाडौं । इङ्लिस ब्याटर रवी बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गरेको दिन चितवन राईनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा विराटनगर किंग्सविरुद्ध १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
प्रतियोगिताको १०औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि विराटनगरले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १७४ रनको योगफल खडा गरेको हो । चितवनका लागि रवी बोपाराले ६८ रनको सानदार पारी खेले ।
भोपाराले ३७ बलमा तीन चौका र चार छक्कासहित यो उपलब्धि हासिल गरेकी हुन् । त्यस्तै चौथो नम्बरका ब्याटर सेफ जैबले ३० बलमा समान एक चौका र छक्कासहित ३२ रनको योगदान गरे । ओपनर दीपक बोहरालाई पाँच रनमा गुमाएको चितवनका लागि यसबाहेक कप्तान कुशल मल्लले २० तथा ओपनर डेविड मलानले १७ रन जोडे । यसैगरी देव खनालको ब्याटबाट तेस्रो खेलमा आएर बल्ल रन निस्कियो । उनले २८ रन बनाए ।
