चैत्र ६, २०८२ शुक्रबार | १८:२०:०३
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट करातेः पहिलो दिन ६ स्पर्धाको सेमिफाइनल समीकरण पूरा

प्रतियोगिताको उद्घाटन गरिदै ।

गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा शुक्रबारबाट सुरु भएको १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पुरुषतर्फ पाँच स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको छ।

पुरुष ३० केजीको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशका किरण भण्डारीले बागमती अग्रिम सापकोटा तथा लुम्बिनीका अर्जुन थिङले सुदूरपश्चिमका राम विकसको सामना गर्नेछन् ।

पुरुष ३५ केजीमा मधेश प्रदेशका ब्रहमदेव महतोले मधेशकै सनराज अधिकारी तथा बागमतीका सैलेन्द्र तामाङले कोशीका जियान अधिकारीसँग प्रतिस्पर्धा गर्नेछन् ।

यता पुरुष ४० केजीमा बागमतीका साजन वाइबाले सुदूर पश्चिमका खगे्रँद्र विष्ट तथा बागमतीका दिपेश तामाङले सुदूरपश्चिमका दिपेश भट्टको सामना गर्नेछन् ।

४५ केजीमा कर्णालीका दीपेन्द्र ऐरी कोशीका शुलम लिम्बु तथा लुम्बिनीका सम्योग थपलिया सुदूरपश्चिमका बासुदेश खडायतसँग भिड्दा ५० केजी माबागमतीका शशिप्रसाद विकले मधेशका साइान लुङ्गेली मगर तथा मधेसका पुष्पलाल श्रेष्ठले मधेशकै चन्दन शाहसँग प्रतिस्पर्धा गर्ने छन् ।

पुरुष ५५ केजीको क्वाटरफाइनलमा सुदूरपश्चिमका प्रकाश भण्डारीले कर्णलीका विवेक रोकाय, कोशीका अनमोल राईले केशीकै प्रेमबहादर श्रेष्ठ बागमतीका रा शाहीले मधेशका गौरीसंकर सिंहसँग तथा गण्डकीका विशाल डोङले सुदूरपश्चिमका निर्मल विससँग खेल्ने तय भएको छ ।

यस्तै पुरुष ६० केजी, पुरुष खुल्ला र महिलातर्फाका खेलहरू शनिबार नै हुनेछन् । प्रतियोगिताको समापन पनि शनिबारै हुने मुख्य जुरी केदारमान स्थापितले जानकरी दिए ।

नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए ।

सात प्रदेशका ३०० खेलाडी सहभागी प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ समूहका खेल समावेश गरिएको छ ।

प्रतियोगिताका विजेता खेलाडीले नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो