चैत्र १५, २०८२ आइतबार | ०१:०९:१७
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते फागुन तेस्रो साता

प्रतियोगिताका लागि सम्झौता हुँदै ।

काठमाडौं । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।

नेपाल कराते महासंघको प्राविधिक सहयोग रहने प्रतियोगिता फागनु १६, १७ र १८ गते सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा हुनेछ ।

कराते महासंघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ७५ केजी, ८४ केजीमुनि, ८४ केजीमाथी एकल र टिम काता तथा महिलातर्फ ४५, ५५ ६१, ६५ केजी, ६८ केजीमुनि, ६८ केजीमाथि, एकल र टिम काता गरी १७ तौल समूह समवेश गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीमा २१ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने व्यवस्था छ ।

प्रतियोगिता आयोजनका लागि अनुमानित बजेट ५५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

विजेताले ट्रफीसहित १ लाख, उपविजेताले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीलाई ट्रफी सहित जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी अनुशासित टिमलाई ट्रफी तथा उदीयमान महिला तथा पुरुष खेलाडीलाई स्वर्ण पदकसहित आइएफले मान्यता प्रदान गरेको आराजाजाको कम्बो गी (पोशाक) प्रदान गरिनेछ ।

आयोजक र गोदवारी नगरपालिकाबीच ४ संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम चौथो संस्करणका लागि सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो