माघ १७, २०८२ शनिबार | ०८:५६:५९
पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी

आइएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेः परिसा र शिवानीलाई स्वर्ण

परिसा खड्गी ।

काठमाडौं । आइएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको छैटौं संस्करणमा महिलातर्फ परिसा खड्गी शिवानी आलेमगरले स्वर्ण पदक जितेका छन्

महिला ४५ केजीमुनिमा परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य पदक जितिन् ।

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनिको फाइनलमा शिवानीले  कृतिका लामालाई हराइन् । प्राश्नी तामाङले कांस्य  पदक हात पारिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजीमुनिमा आरुस थापाले इशान सापकोटालाई हराउँदै स्वर्ण पदक जिते । अमनकुमार गुप्ताले कांस्य पदक जिते ।

पुरुष ४० केजीमुनिमा आकाश नेपालीले स्वर्ण पदक जिते । उनले फाइनलमा मनोज अग्रीलाई निरास बनाए । साजन वाइबाले कांस्य पदक प्राप्त गरे ।

प्रतियोगिताका पदक विजेता । 

पुरुष ४५ केजीमुनिमा प्रवेश गुरुङले स्वर्ण पदक हात पारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे । शेख रिज्वानले कांस्य पदक जिते ।

पुरुष ५० केजीमुनिको फाइनलमा सरोज राईले अनिलकुमार लोहारलाई पराजित गरे । बसन्त सारुमगर कांस्य पदक हात पारे ।

सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कुल १ लाख ३१ हजार रुपैयाँ वितरण गरिएको थियो ।

विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ दुई विधा समावेश गरिएको थियो । प्रयितोगितामा १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।