चैत्र ७, २०८२ शनिबार | १९:१५:५२
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

आइएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेः परिसा र शिवानीलाई स्वर्ण

परिसा खड्गी ।

काठमाडौं । आइएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको छैटौं संस्करणमा महिलातर्फ परिसा खड्गी शिवानी आलेमगरले स्वर्ण पदक जितेका छन्

महिला ४५ केजीमुनिमा परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य पदक जितिन् ।

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनिको फाइनलमा शिवानीले  कृतिका लामालाई हराइन् । प्राश्नी तामाङले कांस्य  पदक हात पारिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजीमुनिमा आरुस थापाले इशान सापकोटालाई हराउँदै स्वर्ण पदक जिते । अमनकुमार गुप्ताले कांस्य पदक जिते ।

पुरुष ४० केजीमुनिमा आकाश नेपालीले स्वर्ण पदक जिते । उनले फाइनलमा मनोज अग्रीलाई निरास बनाए । साजन वाइबाले कांस्य पदक प्राप्त गरे ।

प्रतियोगिताका पदक विजेता । 

पुरुष ४५ केजीमुनिमा प्रवेश गुरुङले स्वर्ण पदक हात पारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे । शेख रिज्वानले कांस्य पदक जिते ।

पुरुष ५० केजीमुनिको फाइनलमा सरोज राईले अनिलकुमार लोहारलाई पराजित गरे । बसन्त सारुमगर कांस्य पदक हात पारे ।

सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कुल १ लाख ३१ हजार रुपैयाँ वितरण गरिएको थियो ।

विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ दुई विधा समावेश गरिएको थियो । प्रयितोगितामा १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो