चैत्र १२, २०८२ बिहीबार | २२:४३:४४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली सिनियर कराते च्याम्पियनसिप: एरिकालाई ऐतिहासिक रजत

प्रशिक्षक कुशल श्रेष्ठका साथ एरिका, फाइल तस्विर।

काठमाडौं । नेपालकी एरिका गुरुङले २०औं एसियाली सिनियर कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथिमा रजत पदक जितेकी छन् ।  

चीनको हाङझावस्थित स्पोर्टस सेन्टर जिम्न्याजिममा आइतबार सम्पन्न फाइनलमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६-० ले पराजित भइन् ।

एसियाली सिनियर करातेमा नेपालले जितेकाे याे पहिलो पदक हो। यसअघिका सबै संस्करणमा नेपाल पदकविहिन थियो ।

एरिकाले प्रि-क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० ले पराजित गरिन् ।  

क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबीचको खेल १-१ को बराबरीमा टुंगियो । ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन् । पहिलो अंक एरिकाले बटुलेकी थिइन् ।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले हराउदै उपाधि नजिक पुगेकी थिइन् ।

एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमास्वर्ण, चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । सबै प्रतियोगितामा कुशल श्रेष्ठ प्रशिक्षकको भूमिकामा थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो