अमेरिकामा रायडेनलाई स्वर्ण

काठमाडौं । बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापामगरले स्वर्ण पदक जितेका छन् । उनले पाँच वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोली व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।

यसैगरी अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य पदक जितिन् । उनले १५-१६ वर्ष उमेर समूहको एडभान्स कुमुतेमा सफलता पाइन् ।

प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट १०-११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।


टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापामगर छन् ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar