काठमाडौं । विभिन्न खेल संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत र पारदर्शीरुपमा सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आफूहरुलाई वर्षौदेखि मान्यता नदिएको र तेस्रो कार्यकाल पनि नेतृत्वमा रहन कमिटीको विधान संशोधनको प्रयास गरेकाले सरकारले त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् ।
नेपाल इक्वेस्ट्रियन संघ अध्यक्ष रवि राजकर्णिकार, नेपाल बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल रुग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल क्लाइम्बिङ स्पोर्टस संघका अध्यक्ष रमेश पौडेल, अल्पाइन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई र नेपाल रोइङ संघका महासचिव सम्पन्न श्रेष्ठलगायतले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ,