एनएसकेए करातेः नेपाल च्याम्पियन

काठमाडौं । आयोजक नेपाले १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  कभर्डहलमा शनिबार र आइतबार भएको प्रतियोगितामा नेपालले १९ स्वर्ण, २४ रजत र ३० कांस्य पदक जित्यो । नेपाल लगातार १५औं पटक च्याम्पियन बन्यो ।

यसैगरी १२ स्वर्णसहित भारत दोश्रो बन्यो। भारतले १२ स्वर्ण, ६ रजत र १२ कांस्य पदक जित्यो। पश्चिम बंगालको  टिएसआरकेकेओ दुई स्वर्ण तीन रजत र सात कांस्य पदकका साथ तेस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा उमेर समूहतर्फ ११ तथा तौल समुहतर्फ २९ स्पर्धा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिष्पर्धा भएको थियो।

प्रतियोगिताको शनिबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar