एनएसकेए कराते शनिबार र आइतबार हुने

काठमाडौं । एनएसकेए इन्टररेसनल कराते च्याम्पियनसिपको १५औं संस्करण शनिबार र आइतबार हुने भएको छ।

नेपाल सोतोकान कराते संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा नेपाल लगायत ६ राष्ट्रका ८०० खेलाडीले सहभागिता जनाउनेछन् ।  

कुल ३२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटानको सहभागिता रहनेछ । 

उमेर समूहतर्फ ११ तथा तौल समुहतर्फ २९ स्पर्धा समावेश यस प्रतियोगितामा ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म भएका १४ वटै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको छ ।

प्रतियोगिता अघि बिहीबार र शुक्रबार एनएसकेए इन्टररेसनल कराते च्याम्पियनसिपमै प्रथम बगामती प्रदेश खुला कराते प्रतियोगिता हुने आयोजकले बताएको छ ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar