चैत्र ६, २०८२ शुक्रबार | ०८:५३:२७
दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन

सद्भावले युएस एमेच्योर च्याम्पियनसिपको छनोट खेल्ने

काठमाडौं। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले अमेरिकामा हुने युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

१८ वर्षिय सद्भावले अमेरिकन गल्फ संघबाट दोस्रो तथा अन्तिम चरणको छनोट प्रतियोगिताका लागि विशेष निमन्त्रणा पाएका छन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्ने छन् ।

यससँगै सद्भाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्ने छन् । १२४औं युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

यसैगरीअमेरिकन जुनियर गल्फ संघले सद्भावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म फ्लोरिडास्थित टिपीएस सग्रसको दि‌ प्लेयर्स स्टेडियम कोर्समा हुने जुनियर प्लेयस च्याम्पियनसिपमा सहभागिताका लागि पनि निमन्त्रणा पठाएको छ ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा गरेको नेपाल गल्फ संघले जनाएको छ ।

दुई प्रतियोगितामा सहभागीतासँगै अमेरिकामा सद्भावले विशेष प्रशिक्षण गर्ने छन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिने छन् ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्भावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले तीन वटा प्रमुख उपाधि जितिसकेका छन् । सद्भावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् ।

सद्भावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३/२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा उपाधि संख्या तीन पुर्याएका थिए । यो सिजन ६ प्रतियोगितामा भाग लिए उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ उपाधि नै जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् ( राखेप) सदस्यसचिव टंकलाल घिसिङले बिहीबारै सद्भावलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो