माघ १९, २०८२ सोमबार | ०३:५९:५४
वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’

सद्भावले युएस एमेच्योर च्याम्पियनसिपको छनोट खेल्ने

काठमाडौं। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले अमेरिकामा हुने युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

१८ वर्षिय सद्भावले अमेरिकन गल्फ संघबाट दोस्रो तथा अन्तिम चरणको छनोट प्रतियोगिताका लागि विशेष निमन्त्रणा पाएका छन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्ने छन् ।

यससँगै सद्भाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्ने छन् । १२४औं युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

यसैगरीअमेरिकन जुनियर गल्फ संघले सद्भावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म फ्लोरिडास्थित टिपीएस सग्रसको दि‌ प्लेयर्स स्टेडियम कोर्समा हुने जुनियर प्लेयस च्याम्पियनसिपमा सहभागिताका लागि पनि निमन्त्रणा पठाएको छ ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा गरेको नेपाल गल्फ संघले जनाएको छ ।

दुई प्रतियोगितामा सहभागीतासँगै अमेरिकामा सद्भावले विशेष प्रशिक्षण गर्ने छन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिने छन् ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्भावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले तीन वटा प्रमुख उपाधि जितिसकेका छन् । सद्भावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् ।

सद्भावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३/२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा उपाधि संख्या तीन पुर्याएका थिए । यो सिजन ६ प्रतियोगितामा भाग लिए उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ उपाधि नै जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् ( राखेप) सदस्यसचिव टंकलाल घिसिङले बिहीबारै सद्भावलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।