फाल्गुन २९, २०८२ शुक्रबार | २३:०५:१४
साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो

साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि बलियो टोली तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार एरिना पहिलोपटक सार्वजनिक रुपमा उपस्थित भएका थिए । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले आयोजना गरेको पत्रकार सम्मेलनमा एरिनाले बलियो टोली बनाउन दीर्घकालीन योजना अघि बढाइने बताए ।

‘नेपालमा स्तरीय खेलाडी छन् । तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा एडप्ट हुन सकिरहेका छैनन् । हङकङ र लाओसविरुद्धको खेललाई हामी नयाँ खेलाडी परीक्षण गर्नेछौं । साफ च्याम्पियनसिपका लागि बलियो टोली बनाउने लक्ष्य राखेका छौं,’ एरिनाले भने, ‘अहिले मैले नेपालमा २५ जना राम्रा खेलाडी पाएको छु । यो संख्यालाई थप बढाउने प्रयास गर्नेछु ।’

एरिनाको नेतृत्वमा नेपालले पहिलो पटक यही चैत्र १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ ।

एरिनाले नेपाली खेलाडीको प्राविधिक क्षमता राम्रो भए पनि फिटनेस र ट्याक्टिकल अनुशासनमा अझ सुधारको आवश्यकता रहेको बताए । नेपाली टोलीमा भरपर्दो स्ट्राइकरको अभाव रहेको स्विकारेका एरिनाले हङकङ र लाओसविरुद्धको खेलका लागि ४६ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाउने बताए । जसमा सम्भावना बोकेका स्ट्राइकरलाई आफ्नो प्रतिभा देखाउने अवसर हुनेछ ।

‘मैले राष्ट्रिय लिगमा राम्रा स्ट्राइकर भेट्टाएँ । तर, ती सबै विदेशी हुन् । स्ट्राइकरको समस्या नेपालमा मात्र होइन, सबैतिर छ । म सम्भावना बोकेका खेलाडीलाई अवसर दिन चाहन्छु,’ एरिनाले भने ।

एन्फाले इटालियन नागरिक एरिनासँग एक वर्षको सम्झौता गरेको छ । मार्च १ देखि सुरु भएको उनको कार्यकाल फेब्रुअरी ३१ सम्म चल्नेछ ।

पूर्व प्रशिक्षक म्याथ्यू रसको राजीनामा पछि नेपाली टोली प्रशिक्षकविहीन थियो । यसबीच एन्फा टेकनिकल डाइरेक्टर हरि खड्काले अन्तरिम प्रशिक्षक बनेर केही समय काम गरेका थिए ।

एन्फाका अनुसार मुख्य प्रशिक्षकको पदका लागि ७०० भन्दा बढी प्रशिक्षकले आवेदन भरेका थिए ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||