फाल्गुन २८, २०८२ बिहीबार | २३:०७:४८
सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी

सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो

काठमाडौं । सवीन गुरुङको निर्णायक गोलमा एपिएफ एफसीले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गरेको छ । जितसँगै एपिएफ एन्फा राष्ट्रिय लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको तेस्रो तथा अन्तिम खेलमा सवीनले खेलको ७६औं मिनेटमा गोल गरे । उनले कर्नरको सदुपयोग गरेका हुन् ।

जितसँगै एपिएफ १० खेलमा २४ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो । समान खेलमा २० अंक जोड्दै आर्मी चौथो स्थानमा छ ।

दिनको दोस्रो खेलमा मिडफिल्डर कृष्ण बहादुर आलेको निर्णायक गोलमा संकटा एफसीले श्री भगवती क्लबविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गर्यो । यो खेल पनि दशरथ रंगशालामै भएको थियो । जितसँगै १० खेलमा १३ अंक जोड्दै संकटा अंकतालिकाको नवौं स्थानमा उक्लियो । समान खेलमा भगवती ८ अंक जोड्दै १३औं स्थानमा छ ।

दिनको पहिलो खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रे बिहार क्लबलाई २-१ ले हराउँदै चर्च ब्वाइज युनाइटेड शीर्ष स्थानमा उक्लिएको थियो । अहिले एपिएफले चर्च ब्वाइजालाई उछिनेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन दुबै गोल रिचर्ड विल्सनले गरे । २-० ले पछाडि परेको अवस्थामा काँक्रे बिहारका लागि सुदेन विक्रम विश्वकर्माले गोल गरेका थिए ।

जितसँगै ९ खेलमा २२ अंक जोडेको छ । काँक्रे बिहारको यो आठौं हार हो । समान खेलमा काँक्रे बिहारले मात्र एक अंक जोडेको छ ।

शुक्रबार लिगमा तीन खेल हुनेछन् । पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र एफसी आमने–सामने हुनेछन् । अन्तिम खेलमा लालिगुराँस एसोसिएसनले मनाङ मर्स्याङ्दीसँग खेल्नेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||