काठमाडौं । अंकविहीन काँक्रे बिहार क्लबमाथि ३-० को सहज जित हासिल गर्दै प्लानिङ ब्वाइज युनाइटेड एन्फा राष्ट्रिय लिगको अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्लानिङलाई जित दिलाउन बवीन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।
लिगमा प्लानिङको यो तेस्रो जित हो । यो नतिजासँगै पाँच खेलमा १० अंक जोड्दै प्लानिङले दुई स्थान सुधार गर्यो । समान खेल खेलेको काँक्रे बिहारले सबैमा विपक्षीलाई नतिजा सुम्पिएको छ ।
दिनको दोस्रो खेलमा श्री भगवती क्लब र त्रिभुवन आर्मी क्लबले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ । तेस्रो खेल साँझ ६ः३० बजे हुनेछ । जहाँ फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दीको प्रतिस्पर्धा हुनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
